२४ कात्तिक २०८३, मङ्गलबार

सरकार र सहकारी अभियानबीचको गतिमा तादात्म्य आवश्यक : सचिव पाण्डे

२०७७ मंसिर १६, मङ्गलबार
सरकार र सहकारी अभियानबीचको गतिमा तादात्म्य आवश्यक : सचिव पाण्डे

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले सहकारी क्षेत्रको समग्र विकासका लागि सरकार र सहकारी अभियानबीचको गतिमा तादात्म्य आवश्यक भएको बताउनुभएको छ ।

नेफ्स्कूनले सहकारी ऐन २०७४ संशोधन तथा स्थिरीकरण कोष कार्यान्वयन रणनीति सहित आधा दर्जन मस्यौदा कार्यविधि मन्त्रालयमा हस्तान्तरण गर्न आयोजना गरेको कार्यक्रमका सचिव पाण्डेले यस्तो बताउनु भएको हो ।

“सरकार र अभियानको गति नमिल्दा कहिलेकाही एकले अर्कालाई अविश्वास गर्ने, शंका गर्ने र विवाद गर्ने काम भएको छ,” सचिव पाण्डेले भन्नुभयो, “ सरकारको गति स्लो भयो । यस्तो कार्यविधिहरु बनाउनुपर्छ भनेर नेफ्स्कूनले भन्नुपर्ने हो । हाम्रो सरकारी प्रणालीको गति स्लो भयो । गतिमा गति मिलेन भनेर विवाद हुन्छ र विवादले विमति र विमतिले द्वन्द सिर्जना गर्छ र द्वन्दले विपत सिर्जना गर्छ त्यसैले अयिभान र सरकारबीच गति मिलाउनुपर्छ ।”

आफु सचिव भएर आएदेखि नै सहकारी ऐन, नियमावली, कार्यविधि, मापदण्डहरुमा संगति नमिलेको स्वीकार्दै त्यसको संगति मिलाउन आवश्यक भैसकेको स्वीकार्नुभयो । नेफ्स्कूनले कार्यविधिको मस्यौदाहरु मार्फत पृष्ठपोषण गरेको भन्दै सचिव पाण्डेले उक्त कार्यको प्रशंसा समेत गर्नुभयो ।

सहकारी संस्थादेखि सदस्य र सञ्चालकहरुसँगै कूल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान लगायत यावत विषयमा विभागसँग तथ्याङ्क र सूचना अद्यावधिक हुनुपर्ने भन्दै सरकारी निकायको गति स्लो भएको स्वीकार गर्नुभयो । अब प्रविधिमैत्री सेवा र कार्यदक्षता आवश्यक भएको जीकिर उहाँको थियो । विगत ४ वर्षदेखि कोपोमिसको कुरा उठेको उल्लेख गर्दै सचिव पाण्डेले त्यसले आफुलाई असाध्यै ‘स्ट्राइक’ गरेको बताउनुभयो ।

अभिलेख

लोकप्रिय