सहकारीको सेवा शुल्क तोक्ने अन्तिम तयारी, अभियानबाट लिखित सुझाव मागियो
काजी श्रेष्ठ
काठमाडौं, ९ मंसीर
सहकारी संस्थाले सदस्यबाट कर्जा प्रवाह गर्दा लिने सेवा शुल्क सरकारबाटै तोकिने भएको छ । सेवा शुल्क निर्धारणको अन्तिम तयारी सहकारी विभागले गरिरहेको छ ।
विभागले सहकारी अभियानको राय सुझाव समेत माग गरेको छ । गत कार्तिक २४ गते सहकारी विभागले अभियानलाई बोलाएर राय सुझाव माग गरेको थियो । त्यसपछि केही दिन अघि मात्रै सहकारी अभियानबाट लिखित सुझाव माग गरेको छ । मौखिक सुझावमा सहकारीकर्मीले कम्तिमा एक प्रतिशत कायम गर्न मौखिक सुझाव पनि दिएका थिए ।
सहकारी ऐनले सेवा शुल्क तोक्ने अधिकार रष्ट्रिारलाई दिएको छ । ऐनको दफा ५० को उपदफा ३ मा ‘सहकारी संस्थाले सदस्यहरूलाई प्रदान गर्ने ऋणमा रजिष्ट्रारले अन्यथा तोकिएको बाहेक सेवा शुल्क र नवीकरण शुल्क सम्बन्धित संस्थाको कार्यविधिले तोकेबमोजिम हुने’ उल्लेख छ ।
सुझाव पाएपछि सेवा शुल्क र कर्जा नविकरण शुल्क तोक्ने तयारी विभागले गरेको छ । सहकारी विभागले ब्याजदरमा सीमा तोकेपछि केही सहकारी संस्थाले चर्को सेवा शुल्क लिने गरेको गुनासो व्यापक आउन थालेपछि विभागले चासो देखाएको हो । सहकारी विभागमा ब्याजदर बढी लिएको, चर्को सेवा शुल्क लिएको लगायतको उजुरी दैनिक जसो आउने गरेको छ ।
सहकारीले ऋण लगानी गर्दा कुल ऋणको ५ प्रतिशतसम्म सेवा शुल्क लिन थालेको गुनासो विभागमा आउने गरेको छ । यसैगरी ३ मात्रै छोटो अवधिका लागि मात्र लगानी गर्ने र नवीकरणका नाममा पनि सदस्यबाट शुल्क उठाउन थालेका छन् । सहकारीहरू सेवा शुल्कबाहेक ऋण व्यवस्थापन, फर्म शुल्क, संस्था प्रवेश, संस्थागत विकास, धितो मूल्यांकनलगायतका शीर्षकमा पनि सहकारीहरूले चर्को शुल्क लिने गरेका छन् ।
विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे सहकारीहरूको सेवा र नवीकरण शुल्क छिट्टै तोकिने बताउनु भयो । अभियानबाट राय सुझाव माग गरिएको र प्राप्त भएपछि तोकिने उहाँले बताउनुभयो । तोक्ने गर्ने अधिकार ऐनले रजिष्ट्रारलाई दिएको भएपनि अभियानको राय सुझाव माग गरिएको उहाँको भनाई छ ।
सहकारी विभागले गत वर्ष सहकारीले ऋण लगानी गर्दा १६ प्रतिशत भन्दा बढि ब्याज लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गरेको थियो । उक्त सीमालाई पुनरवलोकन गर्दै कात्तिक १५ गतेबाट १४.७५ प्रतिशत भन्दा बढि ब्याजदर लिन नपाउने व्यवस्था गरेको छ ।
बागमती प्रदेशमा १ प्रतिशत कायम
बागमती प्रदेश सरकारले बढीमा एक प्रतिशस मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । त्यस्तै ऋण नविकरण गर्दा ०.२५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने भएको छ ।

प्रदेश ३ सहकारीले जारी गरेको ‘प्रदेश सहकारी ऐन–२०७६’ को परिच्छेद ७ को दफा ६३(३) अनुसार ऋणमा एक प्रतिशत र नविकरण गर्दा ०.२५ प्रतिशत सेवा शुल्क तोकिएको हो ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार यदी कुनै संस्थाले ऐनमा तोकिएभन्दा बढी सेवा शुल्क लिएमा तत्काल कारबाही गर्ने जनाएको छ । बढी सेवा शुल्क लिने सहकारी संस्था विरुद्ध मन्त्रालयमा उजुरी समेत गर्न सकिने मन्त्रालयले जनाएको छ ।
प्रदेश ३ सरकारको क्षेत्रअधिकार भित्र करिब ३२ सय सहकारी संस्था रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
