गार्डेन मार्टले घोषणा गर्याे ‘लक्की ड्र’ का विजेता
काठमाडौं : दशै, तिहार र छठ पर्वको अवसर परेर गार्डेन मार्ट डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको लक्की ड्र का विजेताको घोषणा गरिएको छ । स्टोरले सोमबार एभिन्युज टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरेर विजेताको घोषणा गरेको हो । जसअन्तर्गत राजाराम खड्काले १ तोला सुन र अभय गौतमले लक्की ड्रमा प्लेजर स्कुटर प्राप्त गरेका छन् ।
भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. ले उपभोक्तालाई सर्वसुलभ रुपमा एउटै छानामुनि दैनिक उपभोग्यवस्तु उपलब्ध गराउन मुलुकका विभिन्न स्थानमा चेन स्टोरका रुपमा गार्डेन मार्ट सञ्चालनमा ल्याएको छ । संस्थाका मुख्य प्रबन्धक लिलानाथ गौतमका अनुसार स्टोरले ५ हजार र ८ हजार रुपैयाँसम्मको सामान खरिद गर्ने उपभोक्ताहरूलाई यो लक्की ड्रमा सहभागि गराएको थियो ।
संस्थाले डडेलधुरा, भक्तपुर र दाङको तुल्सिपुरमा मार्ट सञ्चालनमा ल्याइसकेको छ । निकट भविष्यमै मुलुकका विभिन्न क्षेत्रमा करिव २ सयको हाराहारीमा मार्ट सञ्चालनमा ल्याउने तयारी भइरहेको मुख्य प्रबन्धक गौतमले जानकारी दिनु भयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार