पोखरा रोयल साकोसको साधारण सभा मंसिर १३ देखि २७ सम्म, के-के छन् एजेन्डा ?
पोखरा : बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा मंसिर १३ गते देखि २७ गतेसम्म हुने भएको छ ।
संस्थाले साधारण सभाको तालिका प्रकाशन गर्दै सदस्यहरुलाई सहभागीता फारम भर्न अनुरोध गरेको छ । संस्थाको बार्षिक साधारण सभाको प्रतिवेदनहरु संस्थाको वेबसाइटमा हेर्न सक्ने ब्यावस्था संस्थाले गरेको छ । सदस्यहरुले आफ्नो राय, जिज्ञासा तथा सुझाव सदस्य सहभागीता फारम र गुगल फर्ममा भरी मंसिर २६ गते भित्र पठाउन समेत सुचित गरेको छ ।
मंसिर १३ गते मुख्य कार्यालयबाट बिहान ११ बजे उद्धघाटन हुने र साढे ११ बजेदेखि साढे ४ बजेसम्म मुख्य कार्यालय तथा सेवा केन्द्रहरु दुलेगौंडा, तनहुँ, भण्डारढिक तथा मोहरिया कास्कीको सदस्यहरुको नाम दर्ता, प्रतिवेदन बितरण र सुझाव संकलन हुने संस्थाले जनाएको छ ।
त्यसैगरी १४ गते देखि २६ गते सम्म बिहान साढे १० बजे देखि साढे ४ बजे सम्म मुख्य कार्यालय तथा सेवा केन्द्रहरु दुलेगौंडा, तनहुँ, भण्डारढिक तथा मोहरिया कास्कीको सदस्यहरुको नाम दर्ता, प्रतिवेदन बितरण र सुझाव संकलन हुने संस्थाले जनाएको छ । भर्चुअल रुपमा गरिने साधारण सभाको २७ गते शनिबार बिहान ११ बजे देखि समापन कार्यक्रम गरिने जनाइएको छ ।


अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार