बागमती प्रदेश सहकारी संघको अध्यक्षमा रामशरण शर्मा घिमिरे र लेखा संयोजकमा नेत्रराज पौडेल निर्वाचित
काठमाडौं, २३ कार्तिक
बागमती प्रदेश सहकारी संघको अध्यक्षमा रामशरण शर्मा घिमिरे निर्वाचित हुनुभएको छ । आईतबार ललितपुरमा सम्पन्न प्रारम्भिक साधारणसभाले घिमिरेलाई सर्वसम्वत चयन गरेको हो । घिमिरे तदर्थ समितिको पनि अध्यक्ष हुनुहुन्थ्यो ।
साधारणसभाले १५ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति सर्वसम्वत चयन गरेको हो । सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा जगतलाल महर्जन, महिला उपाध्यक्षमा सीता ढकाल, महासचिवमा भीम प्रसाद दाहाल, सचिवमा देवराज न्यौपाने र कोषाध्यक्षमा टीकाराम भट्टराई चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा कृष्ण नेपाल, कृष्णप्रसाद तिमिल्सीना, दीपक जंगम, दुर्गा सञ्जेल, दुर्गा कार्की, अम्बिका थापा, मेनुका दाहाल, बिमल ढकाल र विपिन शर्मा चयन हुनुभएको छ ।
त्यस्तै नेत्रराज पौडेलको संयोजकत्वमा लेखा समिति चयन भएको छ । समितिको सदस्यहरुमा लक्ष्मी गिरी र कुलप्रसाद देवकोटा चयन हुनुभएको छ ।
निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारीहरुले आईतबार नै पदभर ग्रहण गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराई लगायत सहकारी अभियान्ताको उपस्थिती रहेको थियो ।

तस्बिर सौजन्यः सरिता भट्टराई
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार