विकू वचत तथा ऋण सहकारी संस्थाद्धारा दिर्घकालिन छात्रवृति प्रदान
नवलपरासी २८ बैशाख । नेपालकै सर्बोत्कृट बचत तथा ऋण सहकारी सस्था बिकु वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आफ्ना न्यून आय भएका शेयर सदस्यका छोरा छोरीहरुलाई विकू दिर्घकालिन छात्रवृत्ति प्रदान गरेको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा नवलपरासीका ५ गाविस बिभिन्न बिधालयमा अध्ययनरत ३० जना विद्यार्थीलाइ छात्रवृत्ति प्रदान गरेको हो ।
छात्रवृति अन्तर्गतप्रति विद्यार्थीलाई ड्रेस, झोला, कपि, कलम सहित एक बर्षसम्म अध्ययनमा लाग्नेसमपुर्ण खर्च सस्थाले बेहोर्ने भएको छ । विकूले दश कक्षा सम्म ३० जना विद्यार्थी लाग्ने सम्र्पूण खर्च विगत देखिनै वार्षिक रुपमा प्रदान गर्दै आएको छ । छात्रवृत्ति प्राप्त गर्नेहरुमा गैडाकोट,अमरापुरी, मुकुन्दपुर, कावासोती र शिवमन्दिरमा रहेका शेयर सदस्यहरुकाछोराछोरी हुन ।
विकू वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षता रहेको सो कार्यक्रमको प्रमुख अतिथि विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटा थिए । त्यस्तै कार्यक्रमका तिथिहरुमा विजयविकास स्रोत केन्द्रका अध्यक्ष वसन्तराज लम्साल, विकुका भुतपूर्व अध्यक्ष नारायणसापकोटा, सहकारी समन्वय मन्च गैडाकोटका सचिव गोविन्द रिमाल, विजयसामुदायिक शिक्षा सदनका अध्यक्ष गोपिनाथ खरेल, विजय एफएमका प्रशासन प्रमुख इश्वरी चापागाई , निवर्तमान गाविस अध्यक्ष ओम प्रसाद सापकोटा, मुकुन्दपुरगाविसका निवर्तमान अध्यक्ष यमुनाथ आचार्य लगायतले छात्रबत्ति बितरणले न्युन आयभएका शेयस सदस्यका छोराछोरीले पढ्ने अवसर पाउने भन्दै मिहनत गरेर पढ्नआग्रह गरेका थिए। त्यस्तै कार्यक्रममा सहभागिहरुलाई विकुका उपाध्यक्ष त्रैलोक्यनाथ खरेलले स्वागत मन्तब्य राखेका थिए । सोही कार्यक्रममाअभिभावक गोपाल गुरुङ, विद्यार्थीका तर्फबाट सरिता च्वाई सुवेदी लगायतलेविकूले प्रदान गरेको छात्रवृत्तिले आफुहरुलाई अध्ययनमा थप हौसला प्रदानगरेको बताएका थिए ।
साथै व्यवस्थापन उप समितिका दिलुमाया श्रेष्ठ, विकूपञ्चाङ्ग उप समिति मुकुन्दपुरका वलराम उपाध्याय लगायतले छात्रवृत्ति प्राप्त गर्नेविद्यार्थी तथा अभिभावकलाई शुभकामना दिँदै आगामी दिनमा राम्रो संग अध्ययनगर्ने सुझाव दिनुभएको थियो । साथै आजै एक कार्यक्रमकाब् बीच सस्थालेभावी कार्यदिशाा सम्बन्धी कार्यशाला गोष्ठी पनि आयोजना गरेको छ ।सस्थालाई आगामी दिनमा अझ प्रभावकारि र पृथक शैलीबाट कसरी अघि बढाउन सकिन्छ भन्ने बिषयमा सञ्चालन समिति, ब्यबस्थापन उपसमिती, सस्थाका भुपुअध्यक्षहरु, प्रबद्धकीय सस्थाका अध्यक्ष , कर्मचारीहरु बीच अन्र्तक्रिया भएको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार