३ कात्तिक २०८३, सोमबार

उपलब्धि सहकारीले यसरी मनायो आख्यान दिवस (फोटो फिचर सहित)

२०७१ वैशाख २५, बिहिबार
उपलब्धि सहकारीले यसरी मनायो आख्यान दिवस (फोटो फिचर सहित)

काठमाडौं, २५ वैसाख । आख्यानकार धु्रवचन्द्र गौतमद्वारा लिखित वञ्चक उपन्यास बिहीबार विमोचन भएको छ । उपलब्धि बचत तथा ऋण सहकारी संस्थाले प्रकाशन गरेको उक्त पुस्तकको विमोचन संस्कृतविद् सत्यमोहन जोशीले गरे  । उपलब्धि बचत तथा ऋण सहकारी संस्थाले बैशाख २५ गतेलाई आख्यान दिवसको रुपमा मनाउने अभियानकासाथ आयोजना गरिएको एक कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।


कार्यक्रममा बोल्दै संस्कृतविद् जोशीले उपलब्धि सहकारीले साहित्यको उत्थान गर्न सकेकोमा खुसी व्यक्त गरे । उनले नेपाली साहित्यलाई चिनाउन अनुवादमा जोड दिनुभयो । ‘अन्तर्राष्ट्रिय जगतको ध्यान खिच्न सक्नेगरी साहित्य रचना गर्न सके देशको विकास हुने थियो’ उनले भने  ।

त्यस्तै सोही अवसरमा रोशन थापा ‘निरव’को असह्य कथासंग्रह विमोचन गरिएको थियो । यसैबीच उपलब्धी बचत तथा ऋण सहकारी संस्थाले आख्यानकार धु्रवचन्द्र गौतमद्वारा स्थापना गरिएको दीप–गोविन्द स्मृति सम्मान (२०६९÷७०) बाट  जलेश्वरी श्रेष्ठको नियति चक्र उपन्यास, बखतबहादुर थापाको कम्प्युटर आतंक कथासंग्रह, ध. च. गोतामे स्मृति सम्मान (२०६९÷७०) बाट रोशन थापा ‘नीरव’ को आवाजहरुको जङगल उपन्यास सम्मानित भएका छन् । त्यस्तै गोपाल गोतामे स्मृति सम्मान (२०६९÷७०) फूलमान बललाई पत्रकारितामा रहेर सिर्जनशिल काम गरेवापत सम्मान गरियो ।


संस्थाले उपलब्धि आख्यान दिवस पारेर पुस्तक विमोचन गर्नुका साथै पुरस्कार वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष देवराज शर्माले साहित्यको विकासका लागि उपलब्धिले साहित्य प्रकाशनमा विशेष ध्यान दिदैं आएको बताए । कार्यक्रममा सूचना चौतारी सञ्चार सहकारी संस्थाका अध्यक्ष विपिन शर्माले पुरस्कार कोषको स्थापना र विमोचित कृतिहरुको बारेमा प्रस्ट पारेका थिए ।

अभिलेख

लोकप्रिय