२६ साउन २०८३, मङ्गलबार

नवीन प्रविधिमा पाेखरा राेयलकाे फड्काे, ई-टेलर सुविधाको शुभारम्भ

२०७७ असोज २१, बुधबार
नवीन प्रविधिमा पाेखरा राेयलकाे फड्काे, ई-टेलर सुविधाको शुभारम्भ

पोखरा : नविन प्रविधिमा सदस्यहरुको पहुँच बढाउने उद्देेश्यका पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले रोयल स्मार्ट बैैकिङ्ग एपको प्रयोगमार्फत ई-टेलर सुविधाको शुभारम्भ गरेको छ ।                                                                          ई-टेलर मार्फत सदस्यहरुले चेक तथा भुक्तानी पूर्जा (चेक) बिना नै आफ्नो खातामा रहेको रकम झिक्न पाउने व्यवस्था संस्थाले मिलाईएको छ । एन्ड्रोईड र आई.ओ.एस दुबै माध्यममा उपलब्ध उक्त एपमा रहेको क्यूआर सेवा प्रयोग गरी संस्थाको नगद काउन्टरमा रहेको QR कोडलाई स्क्यान गरेर दैनिक १ लाख सम्मको नगद भुक्तानी लिन सकिनेछ ।             
कोभिड महामारीको बेला सदस्यहरुलाई छिटो छरितो सेवा प्रदान गर्न, सहकारीको सेवाहरुलाई क्रमशः विधुतीय प्रणाली मार्फत सञ्चालन गर्न ईटेलर सुविधा प्रारम्भ गरिएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो । यो प्रविधीले सरल, सुरक्षित र समयको बचत हुनेे उहाँँकाे भनाइ छ  । हाल यो सुविधा संस्थाको प्रधान कार्यालयसहित तनहुँको दुलगेगौंडा सेवा केन्द्र, भण्डारढिक सेवा केन्द्र र मोहरिया सेवा केन्द्रबाट समेत उपभोग गर्न सकिने उहाँले बताउनुभयो । यसभन्दा अगाडि संस्थाले आफ्ना सेवाहरुलाई प्रविधीमैत्री बनाउने क्रममा एटिएम सेवा, एस एम एस सेवा, रोयल स्मार्ट बैकिङ्ग, अनलाईन मार्फत सदस्यता फारम भर्ने आदि सेवाहरु प्रदान गरिसकेको छ ।

 

अभिलेख

लोकप्रिय