विश्वज्योती बहुउद्देश्यीय सहकारीले सञ्चालनमा ल्यायो ‘सहकारी मार्ट’
ललितपुर, ४ असोज
ललितपुर महानगरपालिका–१४ मा सञ्चालित विश्वज्योती बहुउद्देश्यीय सहकारी संस्थाले ‘सहकारी मार्ट’ सञ्चालनमा ल्याएको छ । २ वर्षअघि स्थापना भएको संस्थाले बहुउद्देश्यीय कार्यक्रम अन्र्तगत मार्ट सञ्चालनमा ल्याएको हो ।
सदस्यहरुलाई सर्वसुलभ मुल्यमा गुणस्तरिय वस्तुहरु उपलब्ध गराउने उद्देश्यले सहकारी मार्ट सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष दिपेन्द्र के.सी.ले जानकारी दिनुभयो । ललितपुर–१४ ताल्छिखेल, पुरानो यातायात स्थित सञ्चालित उक्त मार्टमा सम्पुर्ण खाद्यान्न, घरायसी सरसमानहरु उपलब्ध हुनुका साथै निकट भविष्यमा होम डेलिभरी सुविधा समेत प्रदान गरिने अध्यक्ष के.सी. को भनाई छ ।
यस क्षेत्रको स्थानीय व्यक्तिहरुद्वारा स्थापित यससहकारी संस्थाले छोटो समयमा नै यहाँका स्थानीय जनता तथा व्यवसायीहरुको मन जित्न सफल भएको छ । ललितपुर जिल्ला कार्यक्षेत्र भएको यस संस्थाले समय समयमा सदस्यहरुको क्षमता अभिवृद्धीका लागि विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको साथै सदस्यहरुको व्यवसाय स्थापना तथा विस्तारका लागि कर्जामार्फत वित्तिय सुविधा प्रदान गर्दै आईरहेको छ ।
सदस्यहरुको सेवा र सुविधालाई केन्द्रबिन्दुमा राखि गुणस्तरिय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालित यस सहकारी संस्थाले गत आ.व.को अन्तिम लेखापरिक्षण भईरहेको र गत बर्षको नाफाबाट १० प्रतिशत लाभांस वितरण गर्ने तयारी भईरहेको संस्थाका प्रबन्धक शुरेस राईले जानकारी गराउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार