१२ भदौ २०८३, शुक्रबार

पोखरा रोयल र चन्द्रागिरी साकोसबीच अन्तर सहकारी सम्बन्ध स्थापना

२०७७ भदौ २९, सोमबार
पोखरा रोयल र चन्द्रागिरी साकोसबीच अन्तर सहकारी सम्बन्ध स्थापना

काठमाडौं, २९ भदौ

पोखरा स्थित पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र काठमाडौको चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था बीच भगिनी सम्बन्ध स्थापना गर्ने सहमति भएको छ ।

पोखरा रोयल साकोसका अध्यक्ष तुलसीप्रसाद गुरुङ र चन्द्रागिरी साकोसका अध्यक्ष शिवशंकर मानन्धरले जुम बैठकमार्फत सोमबार भगिनी सम्बन्ध स्थापित गर्ने घोषणा गर्नु भएको हो ।

दुबै संस्थाका सञ्चालक समित, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापनका कर्मचारीहरु गरि ३५ जनाको सहभागीता रहेको अनलाईन परिचयात्मक कार्यक्रमका बीच उक्त घोषणा गरिएको हो । कार्यक्रममा पोखरा रोयल साकोस र चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र कृष्णकुमार श्रेष्ठद्वारा आआफ्नो संस्थाको वर्तमान अवस्था र कोभिड १९ को महामारीको अवधिमा संस्थाले सदस्यहरुलाई प्रदान गरेको सेवा तथा अवलम्बन गरिएका असल अभ्यासका बारेमा प्रकाश पारिएको थियो ।

दुबै संस्थाको विकास क्रम, कार्यक्षेत्रको वस्तुस्थिति, उपलब्ध वस्तु तथा सेवा र सहकारी अभियान तथा समुदायको विकास प्रतिको दृष्टिकोणमा समानता रहेकोले पनि दुई संस्थाबीच भगिनी सम्बन्ध कायम गर्न लागिएको संस्थाका अध्यक्षहरुले व्यक्त गर्नु भयो ।

कार्यक्रममा पोखरा रोयल साकोसका मुख्य प्रबन्धक मीलन ढकालले भगिनी सम्वन्ध कायम गर्नुको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य अन्तर सहकारी सम्बन्ध र सहकार्यको संस्कार स्थापित गर्ने, कार्यसञ्चालनमा व्यवसायीकता तथा नीति, विधि र प्रविधिको अभ्यासमा एकरुपता कायम गर्ने, गुणस्तरीय सेवालाई प्राथमिकता प्रदान गर्दै ब्राण्डिङ्गमा समेत एकरुपता कायम गर्ने र असल अभ्यास तथा अनुभवहरुको नियमित आदान प्रदान गर्ने रहेका छन् ।

भगिनी सम्बन्धलाई व्यवस्थित बनाउनको लागि दुबै संस्थाको प्रतिनिधीरहने गरी पोखरा चन्द्रागरिी र्यापोर्ट टिम गठन गरिएको छ । जसमा पोखरा रोयस साकोसबाट अध्यक्ष तुलसी प्रसाद गुरुङ, प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र मूख्य प्रवन्धक मीलन ढकाल तथा चन्द्रागिरी साकोसबाट अध्यक्ष शिवशंकर मानन्धर, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र वरिष्ठ अधिकृत सुमित्रा त्रिपाठी रहनु भएको छ ।

अभिलेख

लोकप्रिय