तित्याङ कृषि तथा पशुविकास सहकारीको साधारण सभा सम्पन्न
बागलुङ : तित्याङ कृषि तथा पशुविकास सहकारी संस्था लि. तित्याङ बागलुङको तेश्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाले गणेशप्रसाद शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पदमवहादुर खत्री, सचिवमा कृष्णप्रसाद पौडेल, सहसचिव सुर्यप्रसाद शर्मा, कोषाध्यक्ष शोभा पौडेल सदस्यहरु ऋषीराम शर्मा विपीन पौडेल, डिलवहादुर खत्री, लक्ष्मी खत्री र कमला शर्मा पौडेल रहेका छन् । त्यस्तै साधारण शभाले रामप्रसाद शर्माको संयोजकत्वमा सरिता केसी पौडेल र गणेश आचार्य सदस्य रहेको ३ सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति पनि निर्विरोध चयन गरेको हो ।
साधारण सभामा कार्यक्रमका प्रमुख अतीथी नेफ्स्कूनका सञ्चालक एवं सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले कोरोना भाईरसले विश्व अर्थतन्त्रलाई धरासायी बनाईरहेको अहिलेको अवस्थालाई अवसरको रुपमा लिई आधुनीक कृषि क्रान्तीतर्फ लाग्नुपर्ने विषयमा जोड दिनुभएको थियो । उहाँले कृषि सहकारी संस्थाहरुका लागि अहिलेको परिस्थीती अवसरको रुपमा रहेकाले सदस्यहरु मार्फत उत्पादन र बजारीकरणमा लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा सिवाईसी साकोसका सल्लाहाकार सीता शर्मा, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुमार प्रसाद शर्मा लगाएतले बोल्नुभएको थियो ।
साधारण सभामा सञ्चलाक सुर्यप्रसाद शर्माद्धारा आ.व. ०७६/०७७ को प्रगती प्रतिवेदन र आ.व. ०७७/०७८ को प्रस्तावित नीति तथा कार्यक्रम र कोषाध्यक्ष गोमादेवी चापागाईले आ.व. ०७६/०७७ को आर्थिक प्रतिवेदन र आ.व. ०७७/०७८ को प्रस्तावित कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभा संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षता, सञ्चालक कृष्ण शर्माको स्वागत र सदस्य कुमार प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार