सहकारीले कार्यक्षेत्र पुनःनिर्धारण गर्नुपर्ने
इटहरी । प्रदेश १ मा रहेका सहकारी संस्थाले कार्यक्षेत्र पुनःनिर्धारण गर्नुपर्ने भएको छ ।
प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले प्रदेश १ मा रहेका सहकारीको कार्यक्षेत्रमा अन्योल रहेकाले नियमनमा कठिनाई भएको भन्दै सहकारीलाई कार्यक्षेत्र पुनःनिर्धारण गरेर प्रतिवेदन पेश गर्न भनेको हो ।
कार्यालयले सहकारीलाई संघ, प्रदेश र स्थानीय तह मिलान हुनेगरि ‘प्रदेश सहकारी ऐन, २०७६ को दफा १६(५) तथा नियमावलीको नियम ८ अनुसूची १२ बमोजिम’ कार्यक्षेत्र पुनःनिर्धारण गरेर प्रतिवेदन पेश गर्न सूचना जारी गरेको छ ।
मुलुकमा संघीयता कार्यान्वयन भएपछि सहकारीलाई कार्यक्षेत्रको आधारमा संघ, प्रदेश र स्थानीय तहले नियमन गर्दै आएका छन् ।
एक स्थानीय तह भित्र कार्यक्षेत्र भएका सहकारीलाई सम्बन्धित स्थानीय तहले, दुई वा दुई भन्दा बढी स्थानीय तह सम्म कार्यक्षेत्र रहेका सहकारीलाई सम्बन्धित प्रदेश र बहुप्रदेशमा कार्यक्षेत्र रहेका सहकारीलाई संघीय सरकारले नियमन गर्ने कानुनी व्यवस्था रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार