३ कात्तिक २०८३, सोमबार

सहकारी महासम्मेलनमा ८१ लाख खर्च, १७ लाख फाइदा

२०७१ वैशाख २१, आईतवार
सहकारी महासम्मेलनमा ८१ लाख खर्च, १७ लाख फाइदा

काठमाडौं, २१ बैशाख  । गत चैत ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको प्रथम राष्ट्रिय सहकारी महासम्मेलनमा ८१ लाख ६३ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।

महासम्मेलनका लागि मुल आयोजक समितिले एक करोड ११ लाख १० हजार ३ सय ६९ रुपैयाँ संकलन गरेकोमा १७ लाख ८६ हजार ३ रुपैयाँ खर्च नभएको सहकारी तथा गरिबी निवारण मन्त्रालयले जानकारी दिएको छ ।

महासम्मेलनका लागि सरकारले ४० लाख रुपैयाँ दिएको थियो भने ६ सय ६१ जनाबाट ३४ लाख ५ हजार रुपैयाँ दर्ताशुल्क उठेको थियो । त्यसैगरी नेपाल राष्ट्र बैंकले ९ लाख, सहकारी बैंकले ३ लाख, वाइइफले ३ लाख, एसएफडीबीले ५० हजार, आरएमडीसीले ५१ हजार, हेल्भेटासले, ५० हजार, गुड न्युबोरले ५० हजार, मेर्की क्रपले ३ लाख, प्याफले १ लाख, नीटीजेटले ७ लाख ६१ हजार, हृयावीटेन्ट अफ हृयुमनीटीले २ लाख, प्लानेट फाइनान्सले २५ हजार, सहारा नेपाल साकोसले २ लाख, सिभिल साकोस ७२ हजार, कोसयसले ४० हजार रुपैयाँ सहयोग गरेका थिए । जसमध्ये वाइइसइफ, प्याफ, नीटीजेट, हृयावीटेन्ट अफ हृयुमनीटील, प्लानेट फाइनान्सबाट उठाउन बाँकी नै छ ।

बैठक तथा प्रचार प्रसारमा १ लाख ४४ हजार रुपैयाँ, विभिन्न प्रकाशनका लागि १० लाख ६ हजार रुपैयाँ, र्‍याली व्यवस्थापनमा ९ लाख २८ हजार ६ सय रुपैयाँ, अतिथिको स्वागत तथा बसोबासका लागि ११ लाख ३ हजार दुई सय रुपैयाँ, बन्दसत्रमा सहभागिको व्यवस्थापनका लागि ४२ लाख १२ हजार ५ सय रुपैयाँ र अन्य ७ लाख ७० हजार रुपैयाँ खर्च भएको छ ।

महासम्मेलनले ११ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको थियो । उक्त घोषणापत्रलाई सहकारी क्षेत्रको विकासमा कोषेढुङ्गा भएको सरोकारवालाहरुले बताएका छन । तर, सहकारीमा देखिएका विद्यमान समस्याहरुको समाधानका लागि भने सहकारी सम्मेलन केन्दि्रत भएन ।

अभिलेख

लोकप्रिय