शिव शिखर र शिखरदीपबीच एकिकरण, देशभर ‘गार्डेन मार्ट’ सञ्चालन गर्ने
काठमाडौं, ९ साउन
मुख्य कार्यालय सहित १४ सेवा केन्द्र
सम्पदाको शहर भक्तपुरका दुई छिमेकी सहकारी संस्थाबीच एकीकरण सम्पन्न भएको छ । एकीकरणको बलले बिस्तारित र उत्साहित कौशलटार केन्द्रिय कार्यालय रहने शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले यसै आर्थिक वर्षभित्र देशभरका १३ वटै सेवा केन्द्रहरु अवस्थित जिल्लामा नमूना ‘गार्डेन मार्ट’ सञ्चालन गर्ने जनाएको छ । साउन १५ बाट एकीकृत कारोबार सञ्चालनको तयारीमा जुटेको संस्थाको योजनाले मुर्तरुप पाए देशको सहकारी इतिहासकै सबैभन्दा ठुलो उपलब्धि हुने छ । संस्थाले निकट भविष्यमै ७७ जिल्लामै मार्ट विस्तार गर्ने जनाएको छ ।
अध्यक्ष केदार नाथ शर्माका अनुसार केही मार्ट सञ्चालनमा आईसकेका छन् भने बाँकी निमार्णको क्रममा छन् । संस्थाले बचत तथा ऋणको कारोबारसँगै मार्ट सञ्चालन योजना अघि सारेको उहाँले बताउनुभयो । संस्थाले एक वर्ष अघिदेखिनै डडेलधुरा सेवाकेन्द्रमा मार्ट सञ्चालन गरिसकेको शर्माले उल्लेख गर्नुभयो ।
सहकारी एकीकरणको महाभियानमा शिव शिखर बहुउद्देश्यीयको पछिल्लो कदमले एउटा ईटा थप्ने मात्र होइन सेवा केन्द्रमा मार्ट सञ्चालनको तयारीले समग्र सहकारी अभियानको घरलाई बलियो बनाउने विश्वास गर्न सकिन्छ । भक्तपुरको सल्लाघारी मुख्य कार्यालय रहेको शिव शिखर कृषि सहकारी संस्था र कौशलटारमा मुख्य कार्यालय रहेको शिखर दीप बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भएको हो । संस्थालाई सहकारी विभागले साउन ४ गते एकीकरण प्रमाणपत्र प्रदान गरेको हो । संस्थाको कार्यक्षेत्र काठमाडौं उपत्यकाको ३ जिल्ला सहित ३५ जिल्ला रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।
मध्यपुर थिमी नगरपालिका–३ कौशलटार मुख्य कार्यालय रहने संस्थाको उपत्यकाबाहिर डडेल्धुरा, धनगढी, कोहलपुर, तुलसीपुर, पोखरा, नारायणघढ र उपत्यकाभित्र सल्लाघारी, कमलविनायक, बागबजार, न्युरोड, महारागञ्ज, पाटन र कीर्तिपुरमा सेवा केन्द्र रहने छ ।
२०७७ साल भित्र सबै सेवाकेन्द्रहरुमा मार्ट सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । ‘संस्थाको कार्यालयसँगै मार्ट सञ्चालन हुनेछ’, अध्यक्ष शर्माले भन्नुभयो, ‘जसले गर्दा सहकारीप्रतिको विश्वास पनि बढ्ने छ ।’ कमलविनायक, कीर्तिपुर र तुलसीपुरमा मार्टको निमार्ण कार्य जारी रहेको र छिट्टै सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा मात्रै ५० वटा यस्ता मार्ट सञ्चालन हुने उहाँको भनाई छ ।

भक्तपुरको कमलविनायकमा निमार्णको क्रममा रहेको गार्डेन मार्ट
‘एकीकरणमात्र सहकारीलाई सबल, प्रविधियुक्त र विशाल बनाउने सरकारको नीतिमा सहयोग गर्न पाएकोमा खुसी छौं ’, अध्यक्ष शर्माले भन्नुभयो, ‘यसले सहकारी अभियानलाई नै बलियो बनाएको छ । हामी अभियान सुदृढीकरणको महायज्ञमा होमिएका छौं ।’
अन्तर्राष्ट्रिय अभ्यासमा सहकारीमार्फत सफल मार्टहरु सञ्चालनमा आएका छन् ।
गार्डेन मार्ट नाम दिइने यस प्रकारका किनमेल केन्द्रहरु निक्कै सफल, भरपर्दो र विश्वसनीय पनि छन् । स्थानीय उत्पादहरुको राम्रो मुल्यमा खपत मात्र होइन संरक्षण र प्रवद्र्धनमा समेत यस प्रकारका मार्टहरु सफल हुने दाबी अध्यक्ष शर्माले गर्नुभयो । चर्को मुल्यमा कमसल सामान खरिद गर्न बाध्य उपभोक्ताहरुका लागि सहकारीमार्फत सञ्चालन गर्ने तयारीमा रहेका यस्ता मार्ट खुसीको कोसेली बन्ने दाबी अध्यक्ष शर्माले गर्नुभयो ।

संस्थाले सञ्चालन गरेको डडेलधुरा स्थित गार्डेन मार्ट
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार
राष्ट्रिय सहकारी बैंक २४औँ वर्षमा, सहकारी आन्दोलन सुदृढ बनाउन अटल प्रतिबद्धता
२५ असार २०८३, बिहीबार