किसान सहकारीले सञ्चालनमा ल्यायो मिस्डकल बैंकिङ सेवा
कैलाली । कैलालीको लम्की चुहा स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले मिस्डकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
सदस्यहरुलाई प्रविधी मैत्री सुबिधा प्रदान गर्न तथा समय सापेक्ष सुबिधा दिने अभिप्रायले सञ्चालनमा ल्याईएको “मिस्डकल बैंकिङ” सेवा बिहीबार एक औपचारिक कार्यक्रमका बीच सुरुवात गरिएको हो ।
“पुग्नेछ सबैलाई टेवा, प्रयोग गरौं मिस्डकल बैंकिङ सेवा” भन्ने नाराका साथ सञ्चालनमा आएको मिस्डकल बैंकिङ सेवा बिशेष गरी मोबाईल बैंकिङ प्रयोग गर्न असमर्थ लघुवित्ततर्फ आवद्ध सदस्यहरुले प्रयोग गर्न सक्नेछन ।
यस सेवाको लागि संस्थाले नेपाल टेलिकमको २ वटा मोबाईल ९८६४७५९०६५ र ९८६४७५९०६४ प्रयोगमा ल्याएको छ । जस अन्तर्गत ९८६४७५९०६५ को सिमकार्डमा मिस्डकल गर्दा सदस्यहरुले आफ्नो खाताहरुको बारेमा जानकारी लिन सक्नेछन भने ९८६४७५९०६४ नं को सिमकार्डमा मिस्डकल गर्दा सदस्यले दर्ता गरेको मोबाईलमा रु. ५० को रिचार्ज गर्न सक्नेछन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार