४ वैशाख २०८३, शुक्रबार

सुर्यदर्शन साकोसका सदस्यलाई ब्याजमा छुट

२०७७ जेठ ३, शनिवार
सुर्यदर्शन साकोसका सदस्यलाई ब्याजमा छुट

दमक, ३ जेठ

लकडाउनको प्रत्यक्ष असर सहकारीका सदस्यलाई पनि परेको छ । दैनिक व्यापार व्यावसाय गरेर जीवन यापन गर्ने सदस्यहरु यो लकडाउनले गर्दा अत्यन्तै मारमा परेका छन् ।

सदस्यहरुलाई परेको असरको महसुस गरी दमक स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले समयै ऋण बुझाएमा संस्थाले दश प्रतिशतसम्म व्याजमा छुट दिने निर्णय गरेको छ । लकडाउन अवधिभर कुनै पनि जरिवाना र हर्जनान नलाग्ने पनि घोषणा संस्थाले गरेको छ ।
दमक स्थित सुर्यदर्शन साकोस एउटा मात्र कार्यालय रहेर कारोबार गर्ने संस्था मध्ये अग्रणी संस्था पर्दछ । लकडाउन को अवधि चैत्र २८ गतेदेखि नियमित कार्यालय खोलेर बिहान ९ बजेदेखि १२ बजेसम्म सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।

विषम परिस्थितीमा सदस्यलाई प्रदान गर्ने सेवामा कमी हुन नहुने र संस्थाले निरन्तर सेवा प्रवाह गरिरहेको सस्थाका कार्यकारी प्रमुख अरुण भण्डारी जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय