४ वैशाख २०८३, शुक्रबार

आजबाट अधिकांश सहकारीको सेवा बन्द

२०७७ जेठ १, बिहिबार
आजबाट अधिकांश सहकारीको सेवा बन्द

काठमाडौं, १ जेठ

काठमाडौं उपत्यकाका अधिकांश सहकारी आजबाट बन्द गरिएको छ । कोरोनाको संक्रमण बढेपछि सहकारी संस्थाको कार्यालय धमाधम बन्द गर्न थालिएको छ ।

कोरोना संक्रमणको बिरामी बढ्न थालेपछि नेपाल सरकारले आजबाट लकडाउनमा थप कडाई गरेको छ । केही दिनदेखि नियमित रुपमा सेवा प्रदान गर्दै आएका सहकारी पनि बन्द गर्ने निर्णय गरिएको छ ।

शुक्रबारबाट बैंक तथा वित्तीय संस्थाहरुले सबै शाखा खोलेर सेवा दिँदा चहलपहल ह्वात्तै बढेको भन्दै नेपाल राष्ट्र बैंकले सीमित शाखा र कर्मचारी मात्रै प्रयोग गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकले नजिक–नजिक दुईरतीन वटा शाखा छन् भने एउटा मात्र सञ्चालन गर्न भनेको छ । एक तिहाइ कर्मचारी मात्र प्रयोग गर्ने सरकारी निर्देशनलाई कडाइ साथ पालना गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

सेवा प्रदान गर्नको लागि आवश्यक सवारी पास सहकारीले विभागले उपलब्ध गराउने सरकारले जनाएको छ । संक्रमणको उच्च जोखिम भएपछि सहकारीले सेवा बन्द गर्ने सूचना जारी गरेको हो ।

अभिलेख

लोकप्रिय