४ वैशाख २०८३, शुक्रबार

सहकारीमा परेको असर र सामाना गर्ने विधिबारे छलफल हुँदै

२०७७ वैशाख ३१, बुधबार
सहकारीमा परेको असर र सामाना गर्ने विधिबारे छलफल हुँदै

काठमाडौं, ३१ बैशाख

कोरोना भाईरस (कोभिड १९) को प्रकोपका कारण सहकारी संस्थामा परिरहेको असर र यसको सामाना गर्ने विधिहरूबारे छलफल गरिने भएको छ ।

विभिन्न साकोसको आयोजनामा हुने वेभईनारमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र राष्ट्रिय सहकारी बैकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाँईद्धारा कार्यपत्र प्रस्तुती रहनेछ ।

जेठ ३ गते शनिबार १ः३० देखि ३ः३० बाट आयोजना हुने उक्त वेभईनार कार्यक्रममा ईच्छुक सहकारीकर्मीहरुले जुम तथा फेसबुुक लाइभमा सहभागिता जनाउन सक्नुहुनेछ ।

छलफलमा सहकारी संस्थाहरुको वर्तमान अवस्थाको समसामयीक सवाल र प्रकोपको समयमा सहकारी संस्थाहरुको खाताबन्दीका विषयमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाँइ र प्रकोपको समयमा साकोसको सेवा व्यवस्थापन तथा महामारीपछिका सवालहरुको विषयमा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले विषयवस्तुहरु प्रस्तुत गर्नुहुनेछ ।

चन्द्रागिरी साकोस काठमाडौंका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले सहजीकरण गर्नुहुने छ । छलफल काठमाडौं, ललितपुर, भक्तपुर, नवलपुर, कास्की, काभ्रे र दोलखाका ११ वटा सहकारी संस्थाहरुको संयुक्त आयोजनामा हुन गईरहेको चन्दागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

सहभागिताका लागि ZOOM ID: 88064797373 र Password: coop रहेको छ ।

अभिलेख

लोकप्रिय