एक हजारमै सहकारी बैंकको सदस्यता
काठमाडौं, ३० बैशाख
अब एक हजार रुपैयाँमै राष्ट्रिय सहकारी बैंकको सदस्यता लिन पाईने भएको छ ।
बैंक सञ्चालक समितिको निर्णय अनुसार सदस्यता लिनको लागि कम्तीमा एक हजार रुपैयाँको सेयर खरिद गरे पुग्ने भएको हो । त्यस्तै प्रवेश शुल्क वापत पाँच सय रुपैयाँ लाग्ने बैंकले जनाएको छ ।
यस अघि बैंकको सदस्यता लिनको लागि कम्तीमा १० हजार रुपैयाँको सेयर खरिद गर्नुपर्ने व्यवस्था थियो ।
यो निर्णयले साना पुँजी भएका सहकारी संस्था पनि सदस्य बन्न पाउने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुँरागाईले जानकारी दिनुभयो । कम्तीमा १ हजार रुपैयाँ भएपनि धेरै सेयर लिन चाहने सहकारीका लागि भने बाटो खुला नै रहेको उहाँले बताउनु भयो ।
‘राष्ट्रिय सहकारी बैंक’ सहकारी संघ संस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिंग कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंक हो । देशभर झण्डै १२ हजार सहकारी संघ संस्था यसका सदस्य रहेका छन् । बैंकको सेयर पुँजी मात्र २ अर्ब रुपैयाँको हाराहारीमा छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार