सहकारीकर्मीलाई सवारी पास सहकारी विभागले दिने
काठमाडौं, २९ बैशाख
यातायात पास नभएका कारण सहकारीको सेवा नियमित गर्न नसकेको गुनासो आएपछि सरकारले पासको लागि निर्णय गरेको छ । सरकारको निर्णय अनुसार सहकारी संस्था सञ्चालनको लागि आवश्यक पर्ने सवारी पास सहकारी विभागले दिनेछ ।
जिल्ला प्रशासन कार्यालय बबरमहलको पत्र अनुसार मन्त्रिपरिषदको निर्णयमा उल्लेख भएबमोजिमका सेवाहरु सुचारु गर्न स्वस्थ्य, सुरक्षाका मापदण्ड पालना गरी गराई सामाजीक दुरी कायम गरी सेवा प्रवाह गर्न अनुरोध गरेको छ । पत्रमा सहकारी संस्थाहरुले सुरक्षा मापदण्डको पूर्ण पालना गरी आबश्यकताको एक तिहाई कर्मचारीबाट सेवा संचालन गर्न सहकारी विभागले सवारी पासको ब्यवस्था मिलाउने पत्रमा उल्लेख छ ।
केही दिन अघि उपत्यकाका जिल्ला सहकारी संघ र विषयगत संघहरुको संयुक्त बैठक बसी सदस्यहरुलाई पासको ब्यवस्था गर्ने बचन दिएका थिए । त्यसको लगत्तै जिल्ला सहकारी संघ काठमाडौंले प्रशासनलाई समन्वयकालागि गुहार गरेपनि प्रशासनले कुनै चासो दिएको थिएन ।
गृह मन्त्रालयलाई सहकारी मन्त्रालयको पत्र चाहिने भन्दै फकाई दिएको थियो । राष्ट्रिय सहकारी महासंघले भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई समन्वय गरिदिन अनुरोध गरेको थियो । मन्त्रालयले पनि पत्र नलेखि गृहलाई मौखिक अनुरोध मात्र गरेर सहकारीलाई टारेको थियो । लकडाउनको अन्तिम अवस्थामा उपत्यकामा केही खुकुलो गरेसंगै सहकारी, बैंक तथा वित्तिय संस्था लगायतका अत्याबश्यक सेवा दिन प्रशासनले सवारी पासको ब्यवस्था गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार