४ वैशाख २०८३, शुक्रबार

आहा ! सहकारी कर्म : शिव शिखर सहकारीद्वारा ‘कृषि एम्बुलेन्स’ संचालन

२०७७ वैशाख २७, शनिवार
आहा ! सहकारी कर्म : शिव शिखर सहकारीद्वारा ‘कृषि एम्बुलेन्स’ संचालन

पोखरा, २७ बैशाख

शिवशिखर कृषि सहकारी संस्था पोखरा सेवा केन्द्रले लकडाउनको समयमा कृषि एम्बुलेन्स संचालन गरेको छ ।

स्थानीय उत्पादनलाई खेर जान नदिई आम उपभोक्ता माझ पुर्याउने उद्धेश्यका साथ संस्थाले कृषि एम्बुलेन्स संचालन गरेको हो । ‘कृषको तरकारी कृषक कै मूल्यमा’ भन्ने उद्धेश्यका साथ संस्थाले उपभोक्ताको घरघरमा तरकारी तथा खाद्य सामाग्री पुर्याउन थालेको हो ।

गण्डकी प्रदेश भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा संस्थाले नगरबासीहरुको घरमा घरमा सस्तो मूल्यमा तरकारी पुर्याउन थालेको हो । लकडाउनका कारण स्थानीय किसानले उत्पादन गरेको तरकारी खेर जाने अवस्था भएको र उपभोक्ताले उपभोग गर्न नपाएको समयमा सेवा दिएको संस्थाका मुख्य सह–प्रवन्ध निर्देशक शुसिल बाँनियाले बताउनुभयो ।

पोखराको हेम्जा, मालेपाटन, लेखनाथ लगाएतका क्षेत्रका किसानको बारीबाटै तरकारी संकलन गरेर उपभोक्ताको घरघरमा पुयाउने गरेको उहाँले बताउनुभयो । किसानको उत्पादनले बजार नपाएको र उपभोक्ताले सहज रुपमा स्वथ्य सामान नपाएको अवस्थामा संस्थाले सर्वसुलभ तरिकाले उपभोक्ताको घरघरमै पुर्याएर सेवा दिएको जानकारी दिनुभयो ।

सदस्य तथा आम उपभोक्ताहरुलाई स्वस्थ तरकारीका साथै संस्थाका उपकार ब्राण्डका खाद्य सामाग्रीहरु पनि घरघरमै पुर्याएर कालो बजारीहुन बाट रोकेको र उपभोक्तालाई अस्वस्थ सामान प्रयोग गर्न नपर्ने पनि भएको बाँनियाको भनाइ छ ।

अभिलेख

लोकप्रिय