‘सहकारीले विचौलियाको अन्त्य गर्न सक्छ’
हेटौंडा, २७ बैशाख
बगमती प्रदेशको मूख्य मन्त्री डोरमणि पौडेलले प्रदेशको प्राथमिकता कृृषि भएको र उत्पादनसँग बजारलाई जोडन सहकारी क्षेत्रको भूमिका वृद्धि गरी विचौलियाको अन्त्य गर्नुपर्ने कुरामा जोड दिनु भएको छ ।
राष्टिय सहकारी महासंघको अध्यक्ष मीनराज कंडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसंग मूख्यमन्त्रीको कार्यालय हेटौडामा बैशाख २६ गते भएको छलफलमा वहाले उक्त कुरा बताउनुभएको हो । कोभिड १९ महामारीपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरु फिर्ता आउने भएकोले रेमिट्यान्स रकममा करिब ४० प्रतिशत कमी आउने भन्दै स्थानीय स्तरमा उत्पादित वस्तुहरुको बजारीकरणका लागि प्रदेश सरकार सहकारीसंग सहकार्य गर्न तत्पर रहेको विचार व्यक्त गर्नुभयो ।
मुख्य मन्त्रीका सल्लाहकार जिएन थपिलिया, प्रमुख सचिव तोयम राय, महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, संचालकद्धय डि.बि. बस्नेत र नारायण देवकोटा, निवर्तमान संचालक वद्री लम्साल, महाप्रवन्धक चित्रा कुमारी थाम्सुहाड सुव्वा समेतको उपस्थितिमा महासंघले प्रस्तुत गरेको विभिन्न सुझावहरुमा वृहत छलफल भएको थियो । साथै, प्रदेशको प्रत्येक जिल्लामा सुपथ मूल्यका पसल संचालनको मोडालिटी र प्रदेश सरकारले कृषि क्षेत्रका लागि दिने विना व्याजको ऋण लगानी सम्वन्धी मोडालिटीमाथि प्रमूख सचिव रायको जिज्ञासामा थप छलफल भएको थियो ।

यसै गरी महासंघको प्रतिनिधिमण्डलसंगको छलफलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले राज्यले गर्ने लगानी उत्पादनमुखी हुनुपर्ने भन्दै सहकारीसंग टिम स्पिरिट भएकोले प्रदेश सरकारको नीति सार्वजनिक, निजी तथा सहकारीको संयुक्त लगानीमा परियोजनाहरु संचालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै महासंघका प्रतिनिधिमण्डलले बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई समेत भेटी प्रदेश सरकारको नीति तथा योजनामा सहकारी क्षेत्रका सुझावहरु समेटन अनुरोध गरेको थियो । मन्त्री ढुंगेलले रोजगारीको क्षेत्र कृषि नै हुने निक्र्यौल भएको भन्दै सहकारी क्षेत्र प्राथमिकतामा पर्ने आश्वासन दिनुभयो ।
उक्त सवै छलफलमा महासंघका अध्यक्ष कंडेलले कोभिड १९ को महामारीको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनको विषम परिस्थितिमा समेत विभिन्न जिल्लाका सहकारी संघ संस्थाले पुरयाएको योगदानको विषयमा जानकारी गराउदै सहकारी क्षेत्रको योगदान वृद्धिका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र वजेटमा राख्नुपर्ने विषयहरु प्रस्तुत गर्नुभएको थियो । लकडाउनका समय गरिएको उक्त भेटघाट र छलफलले सहकारी अभियानको प्रवद्र्धनमा सकारात्मक योगदान पुरयाउने महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईसिए ग्लोवल वोर्ड सदस्य ओमदेवी मल्लले वताउनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार