स्थापना दिवसमा नेचुरलले खुवायो ८ सय जनालाई खाना
काठमाडौं, २४ बैशाख
गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले १३ औं स्थापना दिवस मनाएको छ ।
करिब ८ सय जनालाई खाना खुवाएर संस्थाले स्थापना दिवस मनाएको हो । नारायणटार युवा क्लबले नियमित रुपमा गरिब, विपन्न र श्रमिक वर्गलाई खाना खुवाउँदै आएकोमा संस्थाले आज सहकार्य गरेर खाना खुवाएको हो । संस्थाले विहान र बेलुकाको खानामा क्लबसँग सहकार्य गरेको हो ।
स्थापना दिवस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो । मेयर चालिसेले नेचुरल बचत तथा ऋण सहकारीले वित्तीय क्षेत्र र सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो । गोकर्णेश्वर नगरपालिकाको उत्कृष्ठ संस्था रहेको समेत बताउनुभयो ।
त्यस्तै संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले सामाजिक उत्तरदायित्व वहन गर्दै लकडाउन पीडितलाई खाना खुवाएको बताउनुभयो । अहिलेको अवस्थामा पीडितलाई न्याय दिनुनै सहकारीको मर्म हुने उहाँको भनाई थियो । संस्थाले स्थानीय तहलाई समेत सहयोग गरेको बताउनुहुँदै पाठकले सामाजिक क्षेत्रमा पनि संस्था सधै क्रियाशिल रहने प्रतिवद्धता जनाउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार