४ वैशाख २०८३, शुक्रबार

नेचुरल साकोस १३ वर्षमा प्रवेश

२०७७ वैशाख २४, बुधबार
नेचुरल साकोस १३ वर्षमा प्रवेश

काठमाडौं, २४ बैशाख

जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था आजबाट १३ औं वर्षमा प्रवेश गरेको छ ।

सहकारीहरुको भिडमा आफुलाई भिन्न पहिचान बनाउन नेचुरल साकोस सफल भएको छ । सदस्यहरु बीच वित्तीय कारोबारसँगै सामाजिक क्षेत्रमा संस्थामा संस्था क्रियाशिल छ । सदस्यहरुलाई सहज, सरल, छिटो वित्तीय सेवा प्रवाह गर्न संस्था हरदम तयार रहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठक बताउनुहुन्छ ।

सदस्यहरुको आर्थिक, सामाजिक एवं साँस्कृतिक आवश्यकता परिपूर्तिमा संस्था हरदम क्रियाशिल छ । संस्थाले आफ्ना सदस्यहरुबाट बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने र शुलभ ब्याजदरमा सदस्यहरुलाई ऋण प्रवाह गर्ने गर्दछ ।

सहकारीको अन्तर्राष्ट्रिय सिद्धान्त, मूल्य मान्यता र आदर्शबाट अभिप्रेरित भई सहकारीको माध्यमबाट वित्तीय सेवा प्रदान गर्नुका साथै रोजगारी प्रवद्र्धनमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको छ । संस्थामा हाल ८० जना कर्मचारी छन् ।

सदस्यबीचको सहकार्य, सामूहिक निर्णय, अन्तरसहकारी सम्बन्ध र समुदाय केन्द्रित गतिविधि सहकारीका मूलभुत पक्षहरु हुन् । यिनै गतिबिधिको सेरोफेरोमा नेचुरल सहकारी एउटा उत्कृष्ट सहकारी बन्दै समुदायकै पहिलो रोजाई बन्ने प्रयासमा रहेको पाठकको भनाई छ । सदस्यहरुको माग एवम् चाहना बमोजिम वित्तीय तथा सामाजिक क्षेत्रमा अझ सदस्य केन्द्रित गतिविधिमार्फत् संस्थाको समग्र कारोबार वृद्धि गर्दै उत्कृष्ठ सहकारी संस्थाको रुपमा परिचय बनाएको छ ।

संस्थाले प्रविधिमार्फत हुने कारोबारलाई जोड दिदै आएको छ । नेचुरल स्मार्ट एप, ई–बैंकिङमार्फत सदस्यहरुलाई धेरै सुविधा प्रदान गर्दै आएको । सदस्यहरुले आफ्नो खाताबाटै बैंकमा पैसा पठाउन मिल्ने, विभिन्न वालेट खातामा पनि रकम लोड गर्न सकिने समेत सेवा प्रवाह गरेको छ । नेचुरल स्मार्ट एप र ई–बैंकिङमार्फत सदस्यहरु घरमै बसेर आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर, ब्यालेन्स जानकारी, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, इन्टरनेट, टिभि, रिचार्ज गर्न सक्छन् । त्यस्तै विजुलीको विल तिर्न, खानेपानी बिल तिर्न, हवाई टिकट काट्न, क्यु आर भुक्तानी, बिमाको प्रिमियम तिर्न, स्कूल बिल तिर्न पनि घरबाटै सक्छन् । त्यस्तै संस्थाले एटिएम सेवा पनि प्रदान गर्दै आएको छ । संस्थाको एटिएम नेपालको जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम बुथबाट रकम निकाल्दा पैसा लाग्दैन ।

संस्था समाजिक कार्यमा समेत क्रियाशिल छ । विभिन्न संघ÷संस्थालाई सहयोग लगायत सामाजिक अभियानमा समेत संस्था क्रियाशिल छ । लकडााउनको समयमा समेत संस्थाले निरन्तर सेवा प्रवाह गर्दै आएको छ । सदस्यलाई परेको समस्या र पर्ने सक्ने सम्भावित समस्यामा नेचुरल सहकारीले साथ दिदै आएको छ ।

अभिलेख

लोकप्रिय