२६ वैशाख २०८३, शनिवार

भारतको सहकारी होस्टल आइसोलेशन वार्ड बनाईने, राहत कोषमा एनसीयूआईका कर्मचारीबाट ५ लाख

२०७६ चैत २२, शनिवार
भारतको सहकारी होस्टल आइसोलेशन वार्ड बनाईने, राहत कोषमा एनसीयूआईका कर्मचारीबाट ५ लाख

नयाँदिल्ली : भारतिय सहकारी अभियानको शिर्ष निकाय नेशनल कोअपरेटिभ यूनियन अफ इण्डिया (एनसीयूआई)ले कोरोनाको महामारीको समयमा सरकारलाई सहयोग गर्ने घोषणा गरेको छ ।

एनसीयूआईले होस्टललाई आइसोलेशन वार्ड बनाउन समेत प्रस्ताव गरेको छ । होस्टलको ४८ वटा कोठा आइसोलेशन वार्ड बनाउन सरकारलाई प्रस्ताब गरेको छ ।

एनसीयूआईका अध्यक्ष डा. चन्द्र पाल सिंह यादवले कोरोनालाई नजिकबाट नियालेको र सरकारलाई सहयोग गर्ने बारे सहकारीका नेताहरुसँग भिडियोवार्ता गरेको बताउनु भयो ।

भारतिय सहकारीताका अनुसार एनसीयूआईमा कार्यरत कर्मचारीहरुको एक दिनको तलब प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा जम्मा गरिदिने समेत घोषणा गरेको छ ।

एनसीयूआईमा २ सय ५० जना कर्मचारी छन् । सबै कर्मचारीहरुको गरेर करिब ५ लाख रुपैयाँ हुने एनसीयूआईका प्रमुख कार्यकारी निर्देशक एन. सत्यनारायणले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय