२६ वैशाख २०८३, शनिवार

अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा तय, सिद्धान्त अनुसार काम गर्न अध्यक्ष गार्कोको आग्रह

२०७६ चैत २२, शनिवार
अन्तर्राष्ट्रिय सहकारी दिवसको नारा तय, सिद्धान्त अनुसार काम गर्न अध्यक्ष गार्कोको आग्रह

काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघले सहकारी दिवसको नारा तय गरेको छ ।

सन् २०२० को लागि महासंघले ‘जलवायुका लागि सहकारी’ भन्न नारा तय गरेको हो । गत वर्ष ‘सहकारी मार्फत दिगो समाज’ नारा तय गरिएको थियो । गत वर्ष सहकारी दिवस (जुलाई ७) विश्वका सहकारीकर्मी तथा सरोकारवालाहरूले ‘सहकारी मार्फत दिगो समाज’ को नारासाथ विश्वभर सहकारी दिवस मनाईएको थियो । यस वर्ष जुलाई ४ मा सहकारी दिवस परेको छ । हरेक वर्ष जुलाई महिनाको पहिलो शनिबार अन्तर्राष्ट्रिय सहकारी मनाईन्छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघले विश्वभर रहेको सहकारीकर्मीलाई जलवायुसँग सम्बन्धित काम गरेर दिवस मनाउन आग्रह समेत गरेको छ । जलवायु परिवर्तनले जीवन र जिविकोपार्जनलाई जोखिममा पारेको छ ।

महासंघका अध्यक्ष एरियल गार्कोको जलवायुले सिंगो पृथ्वीनै खतरामा रहेको र उत्पादन र उपभोगमा विधिमा यसको असर रहेको बताउनु भएको छ । सहकारीले सामाजिक समावेशीकरण र प्राकृतिक संसाधनको संरक्षण सहितको अर्थतन्त्रको विकास गर्न सम्भव छ भन्ने कुरा देखाउनुपर्ने बताउनु भएको महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सहकारी मूल्य मान्यता र सिद्धान्तसहित काम गर्न समेत आग्रह उहाँले गर्नुभएको छ ।

#CoopsDay #Coops4ClimateAction

अभिलेख

लोकप्रिय