सहकारी महासंघले कर्मचारीलाई भन्यो, ‘घर बसेररै काम गर्नु’
काठमाडौं, ९ चैत
राष्ट्रिय सहकारी महासंघका कर्मचारीले घरबाटै काम गर्ने भएका छन् । विश्वभरि नै महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को जोखिमलाई मध्येनजर गर्दै घरबाटै काम गर्ने व्यवस्था मिलाईएको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले जानकारी दिनुभयो ।
कार्यालयमा जाँदा आउँदा भीडभाड हुने र एक जनालाई संक्रमण भएमा अर्कालाई सर्ने सम्भावना बढी देखिएकाले घरबाटै काम गर्दा प्रभावकारी हुने महासंघको ठहर छ ।
महासंघका कर्मचारीहरुलाई अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, अर्को सूचना जारी नभएसम्म कुनै पनि वैदेशिक भ्रमण नगर्न, आफ्नो जिम्मेवारीमा परेका कार्यक्रमहरु समेत स्थगित गर्न र नियमित रुपमा सम्पर्कमा रहन निर्देशन गरिएको उहाँले बताउनुभयो ।
यसका साथै कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न र कर्मचारीको स्वास्थ्यलाई मध्यनजर राख्दै भयरहित वातावरणमा काम गर्ने व्यवस्था महासंघले मिलाइएको छ । यसका लागि राष्ट्रिय सहकारी महासंघले आफ्नो कर्मचारीलाई भीडभाडमा नजान र घरबाट नै काम गर्ने व्यवस्थासमेत मिलाएको छ ।आफ्नै सवारी साधन नभएका कर्मचारी सहित करिब ८० प्रतिशत कर्मचारीहरूलाई घरमै बसेर काम गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
महासंघले जोखिम न्यूनिकरणका लागि कर्मचारीलाई माक्स, सेनिटाइजरसमेत उपलब्ध गराइएको छ । कर्मचारीलाई आर्थिक समस्यासमेत पर्न नदिने व्यवस्थाका साथै सकेसम्म डिजिटल कारोबार गर्न समेत प्रोत्साहन गरेको उहाँले बताउनुभयो । साथै महासंघ कर्मचारी परिवार कोरोना भाइरसको संक्रमणको जोखिमबाट सम्पूर्ण सहकारी संघ÷संस्थामा कार्यरत कर्मचारीहरूलाई सावधानी अपनाउन समेत अपिल गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार