२४ कात्तिक २०८३, मङ्गलबार

विकू बचतसँग नव जागरण गाभियो, १५ औं सेवा केन्द्रको शुभारम्भ

२०७६ चैत २, आईतवार
विकू बचतसँग नव जागरण गाभियो, १५ औं सेवा केन्द्रको शुभारम्भ

गैंडाकोट, २ चैत

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबारदेखि गैंडाकोट–९ थुम्सिबाट एककिृत सेवा शुभारम्भ गरेको छ ।

गैंडाकोट–९ थुम्सिमा नवजागरण सेवा केन्द्रबाट सेवा शुभारम्भ गरेको हो । १५ औं सेवा केन्द्रको रुपमा नवजागरण सेवा केन्द्रबाट सेवा शुभारम्भ गरिएको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाल जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले अहिलेसम्म ३ वटा प्रदेशमा सेवा विस्तार भइसकेको बताउँदै भविष्यमा सातवटै प्रदेशमा सेवा विस्तार गरी ठूलो संस्था सहित गुणस्तरीय सेवा प्रदान गर्दै जाने बताउनुभयो । गैडाकोट–९ मा रहेको नव जागरण बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण पश्चात थुम्सीमा भएको एकीकृत सेवा शुभारम्भ कार्यक्रममा बोल्दै सापकोटाले सहकारीको भावनाले सवै नेपालीलाई विकुमा आवद्ध गराउँदै खुशी र सुखी बनाई सदस्यकरुको जिवन स्तर वृद्धि गर्न सहयोग पुर्याउने गरी काम गर्ने बताउनुभयो ।

विकुको व्यवस्थापन र कार्यान्वयन गर्ने प्रणाली बलियो भएको बताउँदैै उहाँले संचालकले राम्रो नीति र विधि वनाएको बताउनुभयो । नीति, विधि र प्रविधि नै विकुको सफलता भएको उहाँको भनाइ थियो । ५० पैसाबाट ५ अर्व र २६ जनाबाट ७० हजार शेयर सदस्य पुग्नुनै ठूलो सफलता भएको भन्दै उत्पादनशील क्षेत्रमा लगानी गर्दै देशैभर सेवा पुर्याउने अध्यक्ष सापकोटाको भनाई थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडानम्वर ९ का अध्यक्ष प्रेमप्रसाद सापकोटाले नवजागरण सहकारीले पुर्याएको योगदानमा विकु थपिएपछि धेरै सहज हुने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका २ का अध्यक्ष पूर्ण बहादुर श्रेष्ठ, गैडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा,विजय परिवारका विभिन्न व्यक्तित्वहरुले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समिति, विभिन्न उप–समितिका पदाधिकारी, नवजागरण सेवा केन्द्रका पदाधिकारी , शेयर सदस्यहरु लगायत कार्यकारी प्रमुख सहित व्यवस्थापनको सहभागिता रहेको थियो ।

अभिलेख

लोकप्रिय