डुमरबाना साना किसानले कृषि व्यवसाय भवन बनाउँदै
बारा, २९ फागुन
साना किसान कृषि सहकारी संस्था डुमरवानाले सेवा केन्द्र सिमरा अन्तरगत व्यवसायीक तथा सेवा केन्द्र भवन शिलान्यास गरेको छ ।
भवन निर्माण पश्चात् संस्थाबाट सेवा केन्द्र क्षेत्रमा गरिने संस्था तथा सेवा केन्द्रको सम्पुर्ण कारोबर भवन मार्फत प्रवाह हुनेछ । भवनलाई व्यवसायीक भवनको रुपमा समेत प्रयोग गरि सदस्यहरु माझ सेवा प्रवाह गर्ने संस्थाले जनाएको छ ।
सदस्यहरुले उत्पादन गरेको धान र गहुँको विउ खरिद गरी संस्थाले प्रशोधन एवं ब्राण्डिङ्ग तथा प्याकेजिङ्ग गरेको चामल विउ विजन लगायत अन्य सहपाठी सहकारीहरुले उत्पादन गरेको दाल, चिया, तेल लगायतका सामग्रीहरु बेचविखन गर्ने संस्थाका अध्यक्ष विश्वनाथ लामिछानले बताउनु भयो ।
भवन निर्माणको जिम्मा सिर्जनशिल निर्माण सेवा हेटौडाले १ बर्ष भित्र (२०७७ फाल्गुन महिना) पूरा गर्ने गरि पाएको छ । भवन हाल अन्डर ग्राउन्ड बाहेक ३ तल्लाको हुनेछ । भने यसको कुल लागत करिब १ करोड ४५ लाख रहने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार