२४ कात्तिक २०८३, मङ्गलबार

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न समितिको बैठक बस्यो, ब्याजदर अझै घट्ने तर नबढ्ने

२०७६ फागुन २८, बुधबार
सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न समितिको बैठक बस्यो, ब्याजदर अझै घट्ने तर नबढ्ने

काठमाडौं, २८ फागुन

सहकारीमा तोकिएको सन्दर्भ ब्याजदर पुनरावलोकन हुने भएको छ । बुधबार ब्याजदर पुनरावलोकन गर्नको लागि सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठक बसेको छ ।

ब्याजदर तोकिएपछि यो समितिको पहिलो बैठक हो । बैठक बसेसँगै ब्याजदर पुनरावलोकन हुन निश्चित भएको छ । बुधबार बसेको पहिलो बैठकमा तीन वटा विषयमा छलफल भएको थियो ।

साउन १९ गतेदेखि लागू भएको सन्दर्भ ब्याजदरको समिक्षा आजको बैठकले गरेको छ । विगतमा भएको कमी कमजोरी र अब कसरी अघि बढ्ने भन्ने विषयमा सामान्य छलफल भएको हो । समितिमा यसअघि भएको समिति र अहिलेको समितिमा धेरै जना परिवर्तन भएका कारण बुधबार सन्दर्भ ब्याजदरको विषयमा धेरै छलफल हुन पाएन ।

बुधबारको बैठकले यस अघिको समिक्षा गर्ने निर्णय गरेको छ । २० वटै केन्द्रिय संघबाट सुझाव संकलन गरेर प्रतिवेदन बनाउने सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बताईन । समितिको बैठकमा यस अघि भएको कमी कमजोरी सुधार गरेर लैजाने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो । शहरमा सञ्चालित सहकारी र ग्रामिण भेगमा सञ्चालित सहकारीमा छुट्टा छुट्टै ब्याजदर लागू गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

समितिको संयोजक सहकारी विभागका रजिष्ट्रार हुने व्यवस्था छ ।

यस अघि १६ प्रतिशत तोकिएको ब्याजदर अब बढ्ने सम्भावना छैन । स्रोतका अनुसार २ देखि ३ प्रतिशत ब्याजदर घटाउने आन्तरिक तयारी सरकारको छ ।

अभिलेख

लोकप्रिय