बनेपामा एड्भान्स लेखा व्यवस्थापन तालिम
बनेपा, २५ फागुन
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड र चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा बनेपामा ३ दिने एड्भान्स लेखा ब्यवस्थापन तालिम सम्पन्न भएको छ ।
सहकारी संस्थाहरुको संचालन र ब्यवस्थापनका लागि आवश्यक विभिन्न तालिम, गोष्ठी, अन्र्तक्रिया कार्यक्रमहरु संचालन गरी संघमा आवद्ध सकोसहरुको संस्थागत विकास गर्ने उद्देश्यलाई मध्यनजर गर्दै सहकारी संस्थाका लेखा शाखामा कार्यरत कर्मचारीहरुलाई लक्षित गरी एडभान्स लेखा ब्यवस्थापन तालिमको आयोजना गरिएको संघका वरिष्ठ तालिम अधिकृत रवि के.सी जानकारी दिनु भयो ।
गौतम भिलेज रिर्सोट बनेपामा सम्पन्न उक्त तालिममा काभ्रेको बेथानचोक, बनेपा, पनौती, धुलिखेल, पाँचखाल, नमोबुद्ध, तेमाल लगायतका क्षेत्रमा संचालित बचत तथा ऋण सहकारी संस्थाका २८ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मिसल एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टका अडिट म्यानेजर सन्तोष बस्यालले सहजिकरण गर्नु भएको भने ताालिमा सहभागिलाई चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विकास वादेले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको संचालक सदस्य एवं शिक्षा तालिम उप समितिको संयोजक निर्मला श्रेष्ठको सभापतित्वमा सम्पन्न तालिमा कार्यक्रममा संघका सचिव उदयराम कायस्थ, प्रवन्धक गुरु प्रसाद ढकाल चण्डेश्वरी साकोसका प्रबन्धक बद्रिनाथ वादे लगायतले तालिमको आवश्यकता र औचित्यता औंलाउनु भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको ऋण असुलीबाट १०५ जनालाई बचत फिर्ता
७ आश्विन २०८३, बुधबार
असोजभित्र सहकारीको इजाजतपत्र नवीकरण गर्नुपर्ने, दुई वर्ष छुटे स्वतः खारेज
६ आश्विन २०८३, मंगलवार
कर्जा असुली न्यायाधिकरणका अध्यक्ष र सदस्य पदमुक्त
६ आश्विन २०८३, मंगलवार