७ असोज २०८३, बुधबार

गाउँ गाउँमा सहकारी खोज्दै स्थानीय सरकार

२०७६ फागुन २४, शनिवार
गाउँ गाउँमा सहकारी खोज्दै स्थानीय सरकार

धुलिखेल, २४ फागुन

स्थानीय सरकार गाउँ गाउँमा सहकारी संस्था खोज्ने काममा व्यस्त भएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले धुलिखेलमा आयोजना गरेको स्थानीय सहकारी विषयक छलफल कार्यक्रममा स्थानीय तहका कर्मचारीले गाउँ गाउँमा सहकारी सस्था खोज्ने कार्य सुरु भएको जानकारी दिइयो ।

कार्यक्रममा नमोबुद्द नगरपालिकाका अधिकृत विमल कोईरालाले १०४ वटा सहकारी भएको र सबै सन्चालनमा नआएको बताउनुभयो । नगरपालिका क्षेत्र अधिकार भित्र रहेका सहकारी आधा पनि सन्चालनमा नरहेको बताउनुभयो । ती सहकारीको खोजि कार्य जारी रहेको उहाँले बताउनुभयो ।

ती सहकारी कहाँ कहाँ छन् भनेर गाउँ गाउँमा खोज्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका सहकारी शाखा प्रमुख ईश्वरप्रसाद अधिकारीले जिल्लाका कृषि सहकारीहरु कसरी चलेका छन् भनेर अझै पनि थाहा पाउन नसकेको बताउनुभयो । उहाँले सहकारी सस्था दर्ता भएयता कुनै पनि विवरण पेश नभएको बताउनुभयो । दर्ता भएका १३७ सहकारीमा १५ वटा मात्रै सुचिकरण हुन आएका उहाँले जानकारी दिनुभयो । अधिकारीले सहकारीलाई सुचिकरणमा आउन पटम पटक आग्रह गर्दा पनि सुचिकरण हुन नआएको गुनासो गर्नुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका सचिव दिलिप शर्माले जिल्लाका केही सहकारीमा सामान्य समस्या रहेको बताउनुभयो । शर्माका अनुसार स्थानीय जनप्रतिनिधिलाई ऐन नियमको जानकारी नहुँदा समस्या भएको बताउनुभयो ।

अभिलेख

लोकप्रिय