५ वैशाख २०८३, शनिवार

सहकारीमार्फत निर्वाचन शिक्षा प्रभावकारी

२०७६ फागुन १५, बिहिबार
सहकारीमार्फत निर्वाचन शिक्षा प्रभावकारी

काठमाडौं, १५ फागुन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सहकारीलगायतका समुदायसँग सम्बन्धी संघ/संस्थामार्फत निर्वाचन शिक्षा दिदाँ प्रभावकारी हुने बताउनुभएको छ । उहाँले निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवद्र्धन स्रोत पुस्तिका सम्बन्धमा सामुदायिक संघ/संस्था, समूह तथा सरोकारवाला निकायसँग निर्वाचन आयोगमा बिहीबार (फागुन १५ गते) भएको एक अन्तरक्रियामा बोल्दै सो धारणा राख्नुभएको हो ।

उहाँले निर्वाचन शिक्षालाई व्यक्ति र समुदायसम्म पु¥याउन र मतदाताको अर्थपूर्ण सहभागिताको ग्यारेन्टी गराउनका लागि सहकारी, विभिन्न समूह, सामुदायिक रेडियो, घरेलु तथा साना उद्योग महासंघ, सामुहिक सिकाई केन्द्र, वन उपभोक्ता महासंघलगायतका संघ/संस्थाको महत्वपूर्ण योगदान हुने बताउनुभयो । ‘सहकारी आफैमा प्रजातान्त्रिक नियन्त्रण प्रणालीमा चल्ने र निरन्तर शिक्षाको अवधारण बोकेको संगठन हो । यसमार्फत निर्वाचन शिक्षालाई पनि लैजानुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले निर्वाचनको समयमा मात्र निर्वाचन शिक्षा दिएर नपुग्ने बताउँदै निरन्तर शिक्षाको आवश्यकता रहेको औल्याउनुभएको छ ।

सो कार्यक्रममा निर्वाचन शिक्षालाई समुदायसम्म पु¥याउन रातो, प्याजी र निलो रंगका स्रोत पुस्तिकाका विषयमाप प्रस्तुती गरिएको थियो । समुदायमा रहेका विभिन्न स्तरका संघ/संस्थालाई निर्वाचन नागरिक शिक्षामा क्षमता अभिबृद्धि गर्ने, बुझाईका दायरालाई फराकिलो पार्ने र निर्वाचनमार्फत योग्य प्रतिनिधि निर्वाचित गर्नका लागि सक्षम बनाउने कार्यलाई मुर्त रुप दिन कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

सो अन्तक्रिया कार्यक्रममा राष्ट्रिय सहकारी महासंघलगायत विभिन्न संघ/संस्थाको प्रतिनिधित्व रहेको थियो ।

अभिलेख

लोकप्रिय