१ कात्तिक २०८३, शनिवार

लोकतन्त्रलाई संस्थागत गर्न सहकारीको भूमिकालाई प्रभावकारी बनाउन जरुरी

२०७० चैत ३०, आईतवार
लोकतन्त्रलाई संस्थागत गर्न  सहकारीको भूमिकालाई प्रभावकारी बनाउन जरुरी

बारा, ३० चैत्र । नयां वर्ष २०७१ को अवसरमा सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले सहकारी अभियानले हासिल गरेका उपलव्धिहरुलाई संस्थागत गर्दै थप गुणात्मक विकासमा नयां वर्ष २०७१ ले सहयोग पुर्याउने अपेक्षा गरे ।

संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण पौडेलले नयां वर्षले सहकारीमैत्री संविधान र आर्थिक लोकतन्त्रलाई संस्थागत गर्न र सहकारीको भूमिकालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । सहकारी अभियानका उपलव्धिहरु संस्थागत, विकृति र कमीहरुलाई न्युनीकरण गर्न र सहकारी क्षेत्रको भूमिकालाई थप प्रभावकारिताका लागि सम्वद्ध सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा जेष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्री, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष शम्भु राम, राष्ट्रिय सहकारी बैंक सिमराका प्रमुख युवराज त्रिपाठी, साना किसान कृषि सहकारी संस्था डुमरवानाका अध्यक्ष कृष्ण न्यौपाने, समाजसुधार कृषि सहकारी संस्थाका अध्यक्ष नारायणदत्त अधिकारी, जनकल्याण सहकारीका उपाध्यक्ष कमला घिमिरे, नमूना कृषि सहकारीका पाण्डु घिमिरे, हातेमालोका उपाध्यक्ष विनोद कलवार, सचिव यज्ञ आले, लेखा संयोजक डम्मरमणि लिम्वु, सदस्य कृष्ण बर्तौलालगायतले आफ्नो धारणा राखेका थिए ।

करीव छ वर्षअघि स्थापना भएको हातेमालो सहकारीले करीव एक हजार तीन सय सदस्यहरुवीच ते¥ह करोडको कारोवार गरिरहेको छ । सहकारी सिद्धान्त र मूल्यमान्यतामा आधारित भई समुदायको वित्तिय आवश्यकता पुरा गर्न अग्रसर हातेमालो मध्यतराईकै एक उत्कृष्ट सहकारी संस्थाको रुपमा रहेको छ । संस्थाले गुणात्मक वित्तिय सेवा, सहकारी एकीकरण र विषय विविधीकरण तथा उद्यमशिलताको प्रवद्र्धनमा क्रियाशिल छ ।

अभिलेख

लोकप्रिय