रोयल सहकारीद्वारा सदस्यको ऋण मिनाहा
काठमाडौं, १२ फागुन
काठमाडौंको बसुन्धरामा रहेको मुख्य कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारीले सदस्यको एक लाख ऋण मिनाह गरिदिएको छ । सदस्यको मृत्यु भएकाले सहकारीले सावा ब्याज नै मिनाह गरेको हो ।
त्यसैगरी ऋणी सदस्यको परिवारलाई विमा बापतको दुई लाख रुपैयाँ संस्थामा बचत गरिदिएको जनाएको छ ।
फागुन ११ गते संस्थाको लघुवित्त कार्यक्रमको सेवा केन्द्र ‘रोयल हिट्टिटोल’ महिला विकास केन्द्रका सदस्यहरुको भेलामा संस्थाका प्रवन्ध संचालक सिताराम काफ्लेले सदस्य लक्ष्मी तामाङले संस्थाबाट लिएको सम्पूर्ण ऋण मिनाह गरी विमा बापत पाएको रकम बचत गरिदिने निर्णय भएको घोषणा गर्नुभयो।
सदस्य तामाङले संस्थालाई तिर्नु पर्ने सावाँ ८० हजार २ सय ८६ रुपैंया र ब्याज ११ हजार ९ सय २३ रुपैंया दुवै मिनाह गर्ने तथा विमा बापत पाएको २ लाख पनि बच्चाहरुको नाममा संस्थामा बचत गरिदिने काफ्लेले बताउनुभयो ।
उहाँले सदस्यका बच्चा नाबालिक भएपछि रकम झिक्न पाउने र बचतमा पाएको ब्याजले पढाइमा सहयोग पुग्ने बताउनु भयो । अरु वित्तिय संस्थाले सदस्यको मृत्यु भएमा पनि ऋण असुल्ने भए पनि सहकारीले मानवताको ब्यबहार पनि गर्नु पर्ने भएकोले संस्थाले ऋण मिनाह गरी विमा रकममा पनि कुनै रकम कट्टा नगरी बच्चाको भविश्यकालागि बचत गरिदिएको बताउनु भयो ।

रोयल हिट्टिटोल महिला विकास केन्द्रकी संयोजक रमिला तामाङले सहकारीले गरेको योगदानको प्रसंसा गर्दै नसोचेको सहयोग पाएकोमा खुसी ब्यक्त गर्नुभयो । उहाँले भनिन् ‘सहकारी पनि अन्य संस्था जस्तै होलान भनेको हैन रहेछ, सहकारीको सहयोगले हाम्रो सोचमानै पविर्तन ल्याएको छ । अरु संस्थाले ऋण छुट, मिनाह गरेको छैन जसरी पनि लिन्छ तर सहकारीले ऋण मिनाह गरेर पनि विमा बापतको सम्पूर्ण रकम दिएको छ हामीलाई त भगवान आए जस्तो लाग्यो ।’
सदस्य लक्ष्मी तामाङको २०७५ साल पुष ४ गते आफ्नै घरमा आगोलागी हुँदा श्रीमान सहितको निधन भएको थियो । उनका एक छोरा र एक छोरी रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार