६३ औं राष्ट्रिय सहकारी दिवसको थिम तय
काठमाडौं, ३ फागुन
६३ औं राष्ट्रिय सहकारी दिवस २०७६ को थिम तय भएको छ । राष्ट्रिय सहकारी महासंघको १८८ औं बोर्ड बैठकले ‘मर्यादित श्रम र पर्यटनका लागि सहकारी’ भन्ने थिम तय गरेको हो।
महासंघको सभाहलमा शुक्रबार बसेको बैठकले २०७६ को चैत २० गते ७७ वटै जिल्लामा उल्लाहपूर्ण वातावरणमा सहकारी दिवस मनाउन समेत आव्हान गरेको छ ।
मर्यादित श्रम र पर्यटनको विकास र विस्तारका लागि सहकारीबाट योगदान बृद्धि गर्ने उद्देश्यले यो थिम तय गरिएको महासंघका अध्यक्ष मिनराज कँडेलले बताउनुभयो ।
बैठकले महासंघका प्रतिनिधित्व गर्ने संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यले प्रतिनिधित्व गरेको संघ र प्रारम्भिक संस्थाहरुको निरिक्षण गर्ने समेत निर्णय गरेको छ ।
पहिलो चरणमा तत्काल संचालक समितिले प्रतिनिधित्व गरेको संघ/संस्थाको निरिक्षण तथा अनुगमन गर्ने निर्णय गरिएको हो । त्यसैगरि बैठकले महासंघले प्रत्येक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट सहकारी संघ÷संस्था पुरस्कारका लागि आवेदनदिने म्याद फागुन २० गते सम्मका लाथि थप गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार