‘सहकारी कप’ चेस उपाधिका लागि कृष्ण र श्याम भिड्दै
ललितपुर, २२ चैत्र । सुन्दर साकोस हेटौडाका कृष्ण थापा र मच्छिन्द्र क्लब काठमाडौंका श्याम श्रेष्ठ दोश्रो सहकारी कप राष्ट्रिय चेस प्रतियोगिताका लागि आज (शनिबार) भिड्दै छन् ।
शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबका विवेक थिङलाई १.५–०.५ अंकले पराजित गर्दै थापा १ लाख ६७ हजार रुपैंया बराबरको मोटरसाइकल पुरस्कारको नजिक पुगेका हुन् । उपाधिका लागि थापा आज अर्का सशक्त युवा खेलाडी श्याम श्रेष्ठसँग प्रतिष्पर्धा गर्नेछन् । फाइनल प्रवेशका लागि श्यामले राष्ट्रिय भेट्रान च्याम्पियन जर्नादन श्रेष्ठलाई सडेनडेथमा पछि पारेका थिए ।
पहिलो लेगमा कालो गोटीबाट जित हात पारेका कृष्णले विवेकलाई दोश्रो लेगमा सेतोबाट बराबरीमा रोक्दै फाइनल यात्रा गरेका हुन् । त्यस्तै श्यामले पहिलो लेगमा कालोगोटीमा जर्नादनसँग पराजय व्यहोरे भने द्रोश्रो लेगमा सेतो गोटीको फाइदा उठाउँदै जित हात पार्दै नतिजाका लागि अतिरिक्त ब्लिजतर्फ धकेले । ब्लिजमा पनि १–१ भएपछि खेल सडेनडेथमा पुगेको हो ।
सेमिफाइनलमा पराजित विवेक तथा जर्नादन तेश्रो स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् । त्यस्तै गोल्डेनगेट कलेजका शुरवीर लामा तथा श्रीकरुणामय साकोस ललितपुरका केशव श्रेष्ठ पाँचौं स्थानका लागि प्रतिष्पर्धा गर्नेछन् । दर्पण साकोस दमकका भुपेन्द्र निरौलाले प्रतिकुल स्वास्थयका कारण प्रतियोगितामा सहभागीता जनाउन नसक्ने भएपछि काठमाडौं चेस क्लबका रिजेन्द्र राजभण्डारी सातौं स्थानमा रहने पक्का भएको छ । यसअघि शुरवीरले रिजेन्द्रलाई अतिरिक्त ब्लिज खेलमा २–० ले हराएका थिए भने केशवले भुपेन्द्रबाट वाकओभर पाए ।
उता नियमित लिग अन्र्तगत १० औं चरणमा राजन पुरीलाई हराउँदै नेशनल डेभलपमेन्टका मनिष हमाल ७ अंकका साथ शिर्ष स्थानमा रहेका छन् । त्यस्तै नेशनल डेभलपमेन्टकै बद्रीलाल नेपाली तथा संकटा क्लबका नविन तण्डुकार पनि समानको पनि समान ७ अंकमा छन् । बद्रीलालले मखन क्लबका पूण्यमान कर्माचार्य तथा नविनले हेटौंडा चेस क्लबका धरम बहादुर लामालाई पराजीत गरेका हुन् । त्यस्तै भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठलाई हराउँदै सर्लाहीका महेश थापा ६ दशमलब ५ अंकमा रहेका छन् । काठमाडौंका राजेन्द्र बज्राचार्य तथा नेशनल डेभलपमेन्टका दिर्घराज जोशीको पनि ६ दशमलब ५ अंक रहेको छ ।
आज हुने अन्तिम चरणको खेलमा मनिषले महेश तथा बद्रीले नविनको सामना गर्नेछन् । नकआउट प्रणाली अन्तर्गत पहिलो लेग शनिबार बिहान ७ बजे तथा दोश्रो लेग १२ बजेबाट शुरु हुनेछ भने नियमित लिग अन्तर्गत अन्तिम चरणको खेल बिहान १० बजे शुरु हुनेछ ।
महिला तर्फको उपाधि भिडन्तमा पाँच खेलाडी
पहिलो महिला राष्ट्रिय सहकारी चेस प्रतियोगिता उपाधि का लागि शनिबार राष्ट्रिय च्याम्पियनसिप बिना जयसवाल सहित पाँच खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । शुक्रबार सम्पन्न चौथो तथा पाचौं चरणमा क्रमशः संगीता जयसवाल तथा बिनिता कपालीलाई पराजित गरेकी बिनाको ४ अंक भएको छ । समान ४ अंक प्राप्त गर्नेमा तनहुँकी शान्ता थापा, गनेल्डेजगेट कलेजकी मोनालिसा खम्बु, बिनिता कपाली तथा अस्मिता अधिकारी रहेका छन् ।
चार वर्षपछि खेलमा फर्केकी शान्ताले चौथो चरणमा मोनालीसा खम्बु तथा पाचौमा पुर्णीमा जयसवाललाई हराएकी हुन् । निरुजा घिमिरे, अनिसा न्यौपाने, सुजना लोहनी, विशेखा तथा पुर्णीमा जयसवाल समान ३ अंकमा रहेका छन् ।३ खेलको समाप्तिमा ३ अंक हात पारिन् । मोनासँँगै विनिता कपाली तथा निरुजा घिमिरे पनि समान ३ अंकका साथ संयुक्त शिर्ष स्थानमा रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार