किसान साकोसले रच्यो इतिहास, हालसम्म २४ वटा सहकारी एकिकरण !
गैंडाकोट, १९ माघ
किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवचुली नगरपालिकामा अवस्थित कीर्तिपुर साकोस र देवज्योति कृषि सहकारी संस्था संग एकीकरण गरि नयाँ इतिहास रचेको छ ।
गैंडाकोटमा मुख्य कार्याल रहेको किसान साकोसले हालसम्म २४ वटा सहकारी संस्थासंग एकीकरण गरी सबैभन्दा बढी सहकारी एकीकरण गरी इतिहास रचेको हो । किसान साकोसको १४ औं सेवाकेन्द्र शुभारम्भ कार्यक्रमको अवसरमा तीन सहकारी संस्था बीच एकीकरण भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठले रिवन काटेर किसान साकोसको १४ औं सेवाकेन्द्र देवचुली नगरपालिका वडा. नं. ९ स्थित देवज्योति सेवाकेन्द्रको शुभारम्भ गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले किसान साकोस देवचुली नगरपालिकाको मात्र नभएर नेपालकै एक सर्वोत्कृष्ट संस्थाको रूपमा रहेको बताउदै अबको दिनहरूमा सेवाग्राहीहरूलाई थप सेवासुविधा र नयाँ खालका कार्यक्रमहरू तय गरी गुणस्तरीय वित्तीय सेवा दिन सफलताका शुभकामना व्यक्त गरे ।
किसान साकोसका अध्यक्ष श्रीहरि चालिसेले संस्थाको सम्पत्ति करिब २ अर्ब र ५३ हजार सदस्यहरू रहेको बताउँदै संस्थाले नवलपुरदेखि चितवन र तनहुँ जिल्लासम्म सेवा प्रवाह गरिरहेको जानकारी दिए।
२०५२ सालमा स्थापना भएको उक्त संस्थाले २०५८ सालदेखि हालसम्म २४ वटा संस्थाहरूसंग एकीकरण गरी गुणस्तरीय एकीकृत सेवा प्रदान गर्दै आइरहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
दुई साकोसलाई एक्सेस ब्राण्ड, अकूको द्वितीय उपाध्यक्षमा नेफ्स्कून अध्यक्ष ढकाल
१ आश्विन २०८३, बिहीबार
चिसापानी गढी सहकारीद्वारा सहकारी शिक्षा तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
१ आश्विन २०८३, बिहीबार
४५० बढी संस्थाको विश्वाससहित १२औँ वर्षमा प्रिमियम सीबीएस
१ आश्विन २०८३, बिहीबार