कृषि सहकारीले शुरु गर्यो स्थानीय उत्पादनको बिक्री
म्याग्दी, १८ माघ

म्याग्दीको मालिका गाउँपालिकास्थित दरवाङ बजारको एक कृषि सहकारी संस्थाले स्थानीय उत्पादनको संकलन र बजारीकरण शुरु गरेको छ ।
आत्मनिर्भर व्यवसायिक कृषि सहकारी संस्था लिमिटेड मालिका–६ ले माघ १७ गतेदेखि औपचारिक रुपमा स्थानीय उत्पादनको संकलन र बजारीकरण गर्ने कार्यको शुरुवात गरेको हो ।
संस्थाको प्रारम्भिक साधारणसभाको अवसर पारेर संस्थाले सञ्चालन गर्ने संकलन तथा बजारीकण केन्द्रको शुक्रवार शुरुवात भएको हो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले संस्थाको प्रारम्भिक साधारणसभा र संकलन केन्द्रको उद्घाटन गरेका छन् ।
उद्घाटन पछि बोल्दै जिसीले सहकारीले सञ्चालन गरेको व्यवसायलाई सफल पार्नका लागि सदस्यहरुको सहकाभागिता र क्रियाशिलता अनिवार्य रहेको बताए ।
नाम कृषि सहकारी रहेका कतिपय सहकारीहरु बचत तथा ऋणमा मात्रै केन्द्रीत हुने गरेको भन्दै उनले कृषि सहकारीहरुले पहिलो काम कृषि गरेर मात्रै बचत तथा ऋणको काम गर्नु पर्ने बताए ।
मालिका गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा गाउँपालिकाका आर्थिक विभाग प्रमुख सन्तनाथ सुवेदीले राज्यले लिएको सुखी नेपाली समृद्ध नेपाल अभियान सफल पार्नका लागि सहकारीलाई कृषि, पर्यटन र रोजगारीमा केन्द्रीत गराउनु पर्नेमा जोड दिए ।
कार्यक्रम संस्थाका अध्यक्ष तिलक बहादुर ठकुरीले शेयर सदस्यहरुले उत्पादन गरेका कृषि लगायतका सामग्रीहरु संकलन गर्ने र दरवाङ लगायत बेनी, बागलुङ, कुश्मा लगायतका बजारमा विक्री वितरण गर्ने, संस्थाले सामुहिक तरकारी खेती लगायतका काम गर्ने योजना बनाएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार