चन्द्रागिरि सहकारीका सदस्यलाई बसभाडामा ४० प्रतिशत छुट
काठमाडौं, १८ पुष ।

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था, थानकोट काठमाडौंका सदस्यहरुले बस भाडामा ४० प्रतिशत छुट पाउने भएका छन् ।
चन्द्रागिरि साकोस र चन्द्रागिरि यातायात सेवा प्रा.लि.को संयुक्त पहलमा सहकारीका सदस्यहरुलाई बसभाडामा ४० प्रतिशत छुट गर्ने विषयमा पौष १८ गते एक सम्झौता भएको छ ।

उक्त छुट सम्बन्धि व्यवस्था २०७६ माघ १ गतेदेखि लागु हुने संस्थाले जनाएको छ । छुट प्राप्त गर्नको लागि चन्द्रागिरि साकोसका सदस्यहरुले विशेष प्रकारको स्टिकर टाँस भएको सदस्यता परिचय पत्र आफुले प्रयोग गर्ने बसमा देखाउनु पर्ने सहकारीले जनाएको छ ।
हालसम्म परिचय पत्र प्राप्त गरिसकेका सदस्यहरुले चन्द्रागिरि साकोसको कार्यालयमा गई स्टिकर टाँस गर्नुपर्नेछ भने परिचय पत्र बनाईनसकेका सदस्यहरुले परिचय पत्र बनाउनको लागि आफ्नो नाम दर्ता गराउन सकिने संस्थाका प्रमख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।
। हाल यो व्यवस्था चन्द्रागिरि यातायात सेवा प्रा.लि. संग मात्र उपलब्ध रहेको श्रेष्ठको भनाई छ ।
चन्द्रागिरि यातायातका झण्डै ८० वटा बसहरु भएको, अनुभवी र विश्वसंसनीय व्यक्तिहरुले सञ्चालन गरेको र काठमाडौं जिल्लाका प्रमुख स्थानहरुमा यातायात सेवा सञ्चालन गरेको कम्पनि भएको हुँदा चन्द्रागिरि साकोसले उक्त कम्पनिसंग सदस्य सेवा सम्बन्धि सम्झौता गरेको संस्थाले जनाएको छ ।
संस्थामा हाल कायम रहेका सदस्यहरु र अब बन्ने नयाँ सदस्यहरुलाई समेत उक्त सुविधा उपलब्ध गराईने श्रेष्ठले जानकारी दिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विविध कार्यक्रमसहित प्रतिभा बहुउद्देश्यीय सहकारीले मनायो २७औँ स्थापना दिवस
५ असार २०८३, शुक्रबार
सहकारीको तरलता कृषि र उद्यममा परिचालन गर्न सांसद पौडेलको सुझाव
५ असार २०८३, शुक्रबार