५ वैशाख २०८३, शनिवार

सहकारी बैंकको १५ प्रतिशत सेयर लाभांस पारित

२०७६ पुष ४, शुक्रबार
सहकारी बैंकको १५ प्रतिशत सेयर लाभांस पारित

काठमाडौं, ४ पुस

राष्ट्रिय सहकारी बैंकको १६ औं साधारणसभाले सदस्य संघ÷संस्थालाई १५ प्रतिशत सेयर लाभांस दिने निर्णय गरेको छ ।

त्यस्तै साधारणसभाको बन्द सत्रले बैैंकको विनियम संशोधन गर्ने प्रस्ताव, विभिन्न १५ वटा कार्यविधिहरु परिमार्जन गर्ने निर्णय गरेको छ । बन्दसत्रमा विनियम संशोधनको प्रस्ताव सञ्चालक रामहरि बजगाईले गरेका थिए ।

७७ वटै जिल्लामा सञ्जाल भएको सहकारी बैंकमा हाल ११ हजार ३ सय ६ सहकारी संस्था सदस्य रहेका छन् । बैंकको शेयर पूँजि १ अर्ब ७८ करोड, निक्षेप ३२ अर्ब, कर्जा लगानी २१ अर्ब रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म १ हजार ५ सय शेयर सदस्य, २ अर्ब शेयर पूँजि, ३५ अर्ब १३ करोड निक्षेप, २८ अर्ब कर्जा लगानी गर्ने योजनाका साथ काम गरीरहेको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।

अभिलेख

लोकप्रिय