५ वैशाख २०८३, शनिवार

काठमाडौंमा सेवा केन्द्र खोल्दै धनगढीको नवजीनव सहकारी

२०७६ मंसिर २७, शुक्रबार
काठमाडौंमा सेवा केन्द्र खोल्दै धनगढीको नवजीनव सहकारी

कैलाली, २७ मंसिर ।

कैलाली जिल्लाको धनगढीमा प्रधान कार्यालय रहेको नवजीनव सहकारीले काठमाडौंमा सेवा केन्द्र विस्तार गर्ने भएको छ ।

नवजीवन सहकारीले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौंसहित थप ६ स्थानमा सेवा केन्द्र खोली वित्तिय सेवा दिन लागेको हो ।

काठमाडौंमा संस्थाको सदस्य करिब पाँच सय जना रहेको छ । सूदुरपश्चिमबाट काठमाडौं कार्यक्षेत्र बनाएर बसोबास गर्ने करिब आठ सय जना सम्पर्कमा आईसकेको संस्थाले जनाएको छ ।

संस्थाले काठमाडौं नयाँ बानेश्वरमा सेवा केन्द्र विस्तारको लागि स्विकृती समेत लिईसकेको संस्थाका उपाध्यक्ष गोविन्द राज जोशीले जानकारी दिए । त्यस्तै कञ्चनपुरको आई.बि.आर.डीमा सेवा केन्द्र विस्तारको अन्तिम तयारी हुँदै छ । पुसको अन्तिमसम्ममा कारोबार सुरु गर्ने जोशीले बताए । त्यस्तै कैलालीको राजपुर, चौमाला, हसुलिया र डडेल्धुराको खलंगामा सेवा केन्द्र यसैवर्ष भित्र स्थापना गर्ने तयारी संस्थाले गरेको जोशीले बताए ।

संस्थाले प्रधान कार्यालयको साथै कैलालीको टीकापुर, अत्तरिया, सुख्खड, जोशीपुर र बर्दियाको बाँसगढीबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । नवजीवन सहकारीले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक करोड ५७ लाख २७ हजार मुनाफा आर्जन गर्न सफल भएको छ ।

२०७६ को कात्तिक मसान्तसम्म संस्थाले ३ अर्ब १३ करोड रुपैयाँ बचत संकलन गरेको छ । १८ करोड २० लाख सेयर पुँजी रहेको यस संस्थाले कात्तिक मसान्तसम्ममा २ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थामा १९ हजार ९ सय ३९ जना सदस्य आवद्ध भएका छन् । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा १३ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

अभिलेख

लोकप्रिय