५ वैशाख २०८३, शनिवार

सहकारी बजार प्रवद्र्धनका लागि सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

२०७६ साउन १६, बिहिबार
सहकारी बजार प्रवद्र्धनका लागि सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौं, १६ साउन

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमार्फत उत्पादन बृद्धि गर्दै सो उत्पादनलाई बजार व्यवस्थापन गर्नका लागि सहयोग गर्ने बताएका छन् ।
ठूलो मात्रामा उत्पादन गर्न जोड दिर्दै प्रधानमन्त्रीले भने, ‘स्केल अफ प्रोडक्सन बढाउनुपर्छ । जसले गर्दा बजार पाउँन सकिन्छ । लागत कम पर्दछ । देशभित्रको बजारले उपभोग गर्न सकेन भने विदेशमा पनि लैजान सकिन्छ, यसका लागि सहकारीमार्फत काम गर्नुपर्दछ ।’ उनले राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालको नेतृत्वमा बिहीबार बालुवाटार पुगेको सहकारीकर्मीको एक प्रतिनिधि टोलीसँग सो कुरा बताएका हुन् ।

सो अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली” सोचलाई पुरा गर्न र दिगो विकास लक्ष्य अनुरूप नेपालको सहकारी अभियानले कृषि उत्पादन, वितरणका साथै वित्तिय सेवा प्रवाह गर्दै आएको बताए । प्रधानमन्त्री ओलीले किसानले उत्पादन गरेको वस्तु सहकारीमार्फत सोझै बजारसम्म पु¥याउन सरकारले आवश्यक सहयोग पु¥याउने बताए ।

अभिलेख

लोकप्रिय