सहकारी अभियानले भन्यो, ‘सन्दर्भ ब्याजदर साढे १६ प्रतिशतभन्दा कम नहोस्’
काठमाडौं, साउन १४

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशत भन्दा कम बनाउन नहुने बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाजले मंगलबार राजधानीमा आयोजना गरेको ‘सहकारीको सन्दर्भ ब्याजदर निर्धारण’ विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष बडालले सहकारीको सन्दर्भ ब्याजदर साढे १६ प्रतिशतभन्दा कम निर्धारण भए सहकारी मर्कामा पर्ने बताए । ‘सहकारीको सन्र्दभ ब्याजदर निर्धारण गर्न अपरिहार्य छ’, उनले भने, ‘साढे १६ प्रतिशत भन्दा तल झारिए सहकारी मर्कामा पर्ने निश्ति छ ।’ ब्याजदर निर्धारणका लागि महासंघले साढे १७ प्रतिशत सिफारिस गरेपनि समितिले उचित निर्णय गर्ने बडालले बताए ।
‘सहकारीलाई सिद्वान्तभन्दा बाहिर जाने कसैलाई छुट छैन’, उनले भने, ‘सहकारीले वित्तीय विवरण बढाउने मात्र नभई गुणस्तरीय सेवा दिन जोड दिनुपर्छ ।’
सहकारी ऐन २०७४ मै सन्दर्भ ब्याजदर उल्लेख गर्दा पनि निर्णय गर्न गाह्रो भएको बताए । ‘सन्दर्भ ब्याजदर निर्धारण गर्ने विषय सरकारले लादेको विषय होइन, यो अभियानका लागि अपरिहार्य विषय हो’ उनले भने । सहकारीमा समस्या भएको स्वीकार गर्दै अध्यक्ष बडालले चल्न नसके सहकारी मर्जरमा जानुपर्ने बताए ।

अध्यक्ष बडालले छिमेकी देशमा लघुवित्तका कारण धेरैले आत्महत्या गर्नुपरेको भन्दै नेपालमा त्यस्तो अवस्था आउन नदिन ब्याजदर घटाउन पहल गर्नुपर्ने बताए । एउटै संस्था वा व्यक्तिलाई पटकपटक ऋण दिदाँ डुब्ने खतरा हुने भन्दै सहकारीले त्यसतर्फ सजग हुनुपर्ने बताए ।
कतिपय सहकारी बैंकिङ प्रणालीमा जान खोजेको चर्चा गर्दै अध्यक्ष बडालले त्यस्ता सहकारीलाई सिद्वान्तमै बस्न निर्देशन दिए । ‘सिद्वान्त र मर्मभन्दा दायाँबायाँ जान कसैलाई अधिकार छैन्’ उनले भने ।
सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीको ब्याजदर निर्धारण गर्नबाट पछि नहट्ने बताएका छन् । ‘भावना र इमोसनले सहकारीको ब्याजदर नतोकिने हुदैँन’, उनले भने,‘अब छिट्टै नै सन्र्दभ ब्याजदर निर्धारण हुन्छ ।’
प्राविधिक कमिटीले दिएको प्रतिवेदनको आधारमा छलफल भइरहेको भन्दै रजिष्ट्रार पाण्डेले छिट्टै सरोकारलाला निकायको छलफल सन्र्दभ ब्याजदर निर्धारण हुने बताए । ‘कसैको दवाव आएपनि सन्र्दभ ब्याजदर निर्धारण गर्ने जिम्मेवारीबाट पछि हट्ने छैनौं’ उनले भने, ‘ऐनले दिएको अवसर गुम्न दिने छैनौं ।’
सहकारीको सन्दर्भ ब्याजदर जारी गर्न सकियो भने वित्तीय क्षेत्रमा सहकारीको योगदान बढ्नुका साथै उद्यमशीलता बढ्ने उनले बताए । सन्दर्भ ब्याजदर निर्धारण गर्ने सवालमा एकरुपता ल्याउन जटिलटा सिर्जना भएपनि एउटा नम्बरमा पुग्न लागिएको रजिष्ट्रार पाण्डेले बताए ।
नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्र विष्टले केही सहकारीले थोरै ब्याजदरमा पनि ऋण दिने गरेको भन्दै सहकारीको ब्याजदर घटाउन सकिने बताए । ‘छलाङ मारेर २४÷२५ प्रतिशतलाई झारेर १२÷१३ प्रतिशत बनाउन सकिने अवस्था छैन्’, उनले भने ।
सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्दा नियम मान्ने की व्यवहार मान्ने भन्ने प्रश्न खडा भएको उनको भनाइ छ । कुुनै समयमा बैंकको ब्याजदर बजारलाई छोडिएपनि त्यसले समस्या सिर्जना गर्दा पछिल्लो समयमा आधार ब्याजदर निर्धारण गर्न थालिएको बताए ।
राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गर्दा कार्यान्वयन गर्न सहज हुनेगरी गर्नुपर्ने बताए । ‘यो लिने र दिने तथा माग र आपुर्तीले निर्धारण गर्ने कुरा हो’ उनले भने ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले कार्यान्वयन हुनेगरी सहकारीको सन्दर्भ ब्याजदर निर्धारण गरिनुपर्ने बताए । कार्यान्वयन नहुनेगरी निर्णय गर्नुभन्दा विस्तारै घटाउँदै लैजान सकिने उनले बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय संघ (नेफ्स्कुन)का अध्यक्ष डीबी बस्नेतले बैंकको पहुँच नभएको ठाउँमा सहकारीको ब्याजदर कम भएको बताए । ‘बैंकसँग प्रतिष्पर्धा गर्नुपर्दा सहकारीको ब्याजदर बढी हुन पुगेको छ’ उनले भने ।
भिडियो
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार