१८ बैशाख २०८१, मंगलवार

शुक्रपथ सहकारीले मनायो ९ औं बार्षिकोत्सव

२५ चैत्र २०७५, सोमबार
शुक्रपथ सहकारीले मनायो ९ औं बार्षिकोत्सव

काठमाडौं, २५ चैत्र
न्यूरोडको प्यूखामा केन्द्रिय कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यी सहकारी संस्थाले ९ औं बार्षिकोत्सव मनाएको छ ।


संस्थाले सोमबार (२५ चैत्र) एक कार्यक्रमको बीच ९ औं बार्षिकोत्सव भव्यताका साथ बार्षिकोत्सव मनाएको हाे । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सञ्चालक मनोज थापा लगायतको उपस्थितीमा केक काटी बार्षिकोत्सव मनाएको हो । त्यस्तै औपचारिक कार्यक्रमपछि सदस्य भेटघाट र रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । रक्तदान कार्यक्रमबाट ८६ पाउण्ड रगत संकलन भएको थियो ।


संस्थाले चैत्र १६ गते बृहत बागमती सरसफाई, २० गते राष्ट्रिय सहकारी दिवस तथा सामाजिक सहयोग, २१ गतेदेखि २४ गतेसम्म भलिबल प्रतियोगिता, २३ गते हाजिरी जवाफ तथा वक्तित्वकला र २५ गते रक्तदान कार्यक्रमका साथै सदस्य भेटघाट कार्यक्रम आयोजना गरि को बार्षिकोत्सव मनाएको हो ।


‘आर्थिक क्रान्तिको लागि सहकारी, हटाउँ गरिबी र बेजोरगारी’
भन्ने नाराको साथ २०६७ चैत्र २५ यस सहकारीको स्थापना भएको थियाे। करिब साढे सात हजार सदस्य रहेको यस संस्थाको सेयर पुँजी २० करोड छ ।

संस्थाले कालिमाटी, सामाखुशी, चावाहिल र तीनकुने सेवाकेन्द्रबाट समेत सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय