शुक्रपथ सहकारीले मनायो ९ औं बार्षिकोत्सव
काठमाडौं, २५ चैत्र
न्यूरोडको प्यूखामा केन्द्रिय कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यी सहकारी संस्थाले ९ औं बार्षिकोत्सव मनाएको छ ।

संस्थाले सोमबार (२५ चैत्र) एक कार्यक्रमको बीच ९ औं बार्षिकोत्सव भव्यताका साथ बार्षिकोत्सव मनाएको हाे । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका सञ्चालक मनोज थापा लगायतको उपस्थितीमा केक काटी बार्षिकोत्सव मनाएको हो । त्यस्तै औपचारिक कार्यक्रमपछि सदस्य भेटघाट र रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । रक्तदान कार्यक्रमबाट ८६ पाउण्ड रगत संकलन भएको थियो ।
संस्थाले चैत्र १६ गते बृहत बागमती सरसफाई, २० गते राष्ट्रिय सहकारी दिवस तथा सामाजिक सहयोग, २१ गतेदेखि २४ गतेसम्म भलिबल प्रतियोगिता, २३ गते हाजिरी जवाफ तथा वक्तित्वकला र २५ गते रक्तदान कार्यक्रमका साथै सदस्य भेटघाट कार्यक्रम आयोजना गरि को बार्षिकोत्सव मनाएको हो ।
‘आर्थिक क्रान्तिको लागि सहकारी, हटाउँ गरिबी र बेजोरगारी’ भन्ने नाराको साथ २०६७ चैत्र २५ यस सहकारीको स्थापना भएको थियाे। करिब साढे सात हजार सदस्य रहेको यस संस्थाको सेयर पुँजी २० करोड छ ।
संस्थाले कालिमाटी, सामाखुशी, चावाहिल र तीनकुने सेवाकेन्द्रबाट समेत सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार