विद्यालयमा सहकारी शिक्षा अभियान
बागलुङ । धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीका रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले जिल्लाका उच्च माविहरुमा ‘विद्यालयमा सहकारी शिक्षा’ कार्यक्रम सञ्चालन गरेको छ ।
उच्च माविमा अध्ययनरत विद्यार्थीहरुलाई सहकारी क्षेत्रप्रति आकर्षित गराउने, युवा पुस्तालाई सहकारीमा क्रियाशिल बनाउने र सहकारी मार्फत आयआर्जन गरी मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने उदेश्यका साथ अभियान सञ्चालन गरिएको संस्थाले जनाएकोछ ।
संस्थाले सञ्चालन गरेको सहकारी शिक्षा अन्तरगत पाचौं चरणको कार्यक्रम सिगाना उच्च मावि तित्याङमा शुक्रबार सम्पन्न गरेको छ । तालिममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीको अवधारणा, मूल्य, मान्यता र सिद्धान्त तथा डिभिजन सहकारी कार्यालयका सहकारी निरिक्षक दुर्वल राजभण्डारीले सहकारीमा बचतको महत्व र परिचालनका बारेमा प्रशिक्षण दिएका थिए ।
तालीममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ५० जना विद्यार्थीको सहभागीता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार