सम्पुर्ण सहकारीद्वारा ७ औं पटक रक्तदान

काठमाडौं, १९ माघ
म्हेपीस्थित सम्पुर्ण बचत तथा ऋण सहकारी सस्थाले ७ औं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिक कार्यक्रमअनुसार संस्थाले बर्सेनि रक्तदान गर्दै आएको छ । रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यसाथ संस्थाले रक्तदान कार्यक्रम गर्दै आएको छ ।

रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो ।
संस्थामा हाल ७०० भन्दा बढी सदस्यहरु आबद्ध भई कारोबार गरिरहेका छन् । संस्थाको कुल कारोबार ८ करोडभन्दा बढी रहेको छ भने १ करोड २५ लाख शेयर पुँजी रहेको छ । सहकारीको मुल्य मान्यतामा रहि समुदायमा आधारित भई सदस्यहरुको आर्थिक सामाजिक तथा साँस्कृतिक विकासको लागि कार्य गर्दै आईरहेको छ ।
संस्थाले छाता सङ्गठनहरुले आयोजना गरिएको विभिन्न सामाजिक तथा अन्य गतिविधिमा समेत सक्रिय रूपमा सहभागिता जनाईरहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार