कास्की बचत संघको १८ औं साधारणसभा सम्पन्न, फेवा सहकारीलाई 'बखान सहकारी अवार्ड'
पोखरा, १ पुस
बचत तथा ऋण सहकारी संघ, कास्कीको १८ औं साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष सुदिप ढकालको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रमख अतिथि सहकारी बैकका प्रबन्ध सञ्चालक केबी उप्रेती रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सहकारी ऐन २०७४ का बारेमा सहकारीकर्मीलाई जानकारी गराउँदै सुधारात्मक पक्षको टिप्पणी गरेका थिए । कार्यक्रममा सहकारी क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
संघले हरेक वर्ष प्रदान गर्दै आएको बखान सहकारी अवार्ड २०७५ बाट फेबा बहुउदेश्य सहकारी संस्था, सिर्जनाचोक पोखराले प्राप्त गरेको छ । राईफाईसन उत्कृष्ट सहकारी ब्यबस्थापक अवार्ड २०७५ बाट पोखरा रोयल सहाकारीका व्यवस्थापक मिलन ढकाल पुरस्कृत भएका छन् । पोखरा महानगरपालिकाको सहकारी व्यवस्थापन समितिको सदस्य पदमा मनोनित भिम गुरुङ, जिल्ला सहकारी संघ, कास्कीको अध्यक्षमा निर्बाचित रबिरमण तिवारीलाई संघले पनि सम्मान गरिएको थियो।

कार्यक्रममा संघका अध्यक्ष सुदिप ढकाल, सचिब दिपक प्रकाश आचार्य, कोषाध्यक्ष नारायणप्रसाद अचार्य, लेखा समितिका संयोजक रुद्रनाथ पौडेलले प्रस्तुत गरेका विविध प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।
कार्यक्रममा सहभागि संघका सदस्य र अतिथिहरुलाई संघका उपाध्यक्ष भेषराज बरालले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका सचिव दिपकप्रकाश आचार्यले गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार