बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले काभ्रेपलाञ्चोकको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै उक्त सहयोग गरिएको हो।
विपद्को जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ठूलो धनराशि खर्च हुने अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि गरिएको अपिलअनुसार संस्थाले सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा संस्थाको संयुक्त योगदानबाट रकम उपलब्ध गराएको जनाएको छ।
सहकारीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि पछिल्लो समय विभिन्न संघसंस्था तथा निजी क्षेत्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्दै आएका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काभ्रेको ५९औँ स्थापना दिवस सम्पन्न
२६ भाद्र २०८३, शुक्रबार
स्थापना दिवसमा जिल्ला सहकारी संघ काभ्रेको वृद्धाश्रममा सेवा
२६ भाद्र २०८३, शुक्रबार
बाढीपीडितको पीडामा आश्रय सहकारीको साथ, १ लाख ३३ हजार सहयोग
२५ भाद्र २०८३, बिहीबार