१३ भदौ २०८३, शनिवार

काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघमा सापकोटा

२०७० फागुन २७, मङ्गलबार
काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघमा सापकोटा

काठमाण्डौ,२७ फागुन । काठमाडौ जिल्ला बहुउद्देश्यीय सहकारी संघको प्रारम्भिक साधारणसभाले तुलसी सापकोटालाई संघको अध्यक्षमा चयन गरेको छ । आइतबार भएको सभाले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिती पनि चयन गरेको छ ।

सो समितीको कार्यकाल ५ बर्षको हुने छ । यस्तै सभाले उपाध्यक्षमा गोपाल प्रसाद बराल, सचिव लक्ष्मी प्रसाद संग्रौला, कोषध्यक्ष शिवराज पोखेललाई चयन गरेको । सदस्य क्रमशः केशब प्रसाद पोखरेल, शंकर जी अधिकारी, संजिला श्रेष्ठ, महेश सुवेदी, महेश रिमाल, मनोज कुमार थापा, प्रवेश श्रेष्ठ, कमल बहादर थापा, मोहन विक्रम लामा चयन भएका छन् । त्यस्तै लेखा समिती संयोजकमा मनोज कुमार घिमिरे र सदस्यहरुमा क्रमश राज कुमार गिरी र अन्जुमायाँ श्रेष्ठ  चयन भएका छन् ।

सो सभाको उद्घाटन राष्टिय सहकारी संघका अध्यक्ष केशब बडालले गरेका थिए । त्यस्तै सभामा राष्टिय सहकारी संघका सञ्चालक रबिन्द्र केसी  केन्द्रीय उपभोक्ता सहकारीका अध्यक्ष टेक चौलागाई, नेपाल स्वास्थ्य केन्द्रीय सहकारी संघका सचिव खेम सुवेदी लगायतका सहकारी आन्दोलनका अगुवाहरुले बोलेका थिए । यस्तै सभामा संघका अध्यक्ष तुलसी सापकोटाले २२ बुद्धे प्रतिवद्धता पत्र समेत प्रस्तुत गरेका थिए ।

अभिलेख

लोकप्रिय